लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनाबाट मुटुरोग विशेषज्ञ डा. विकास सुवेदीको निधन

IMG

जेष्ठ २४ गते सोमबार २०७८ तिलोत्तमा सिटी।  कोरोना भाइरस संक्रमणबाट मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको निधन भएको छ । २५ दिनअघि कोभिड संक्रमण भएपछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ४२ वर्षीय सुवेदीको आइतबार राति निधन भएको हो ।डा. सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक एवं निर्देशक समेत रहेका थिए । ललितपुर इमाडोल घर भएका सुवेदीको शुरुवाती चरणमा आफ्नै अस्पताल कोटेश्वस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा उपचार गरिएको थियो । अवस्था जटिल भएपछि १४ दिनअघि ह्याम्स पुर्‍याइएका उनी ४ दिनदेखि भेन्टिलेटरमा उपचाररत थिए । 

कमेन्ट गर्नुहोस्