लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ५०४२ जनामा संक्रमण, ८२४३ निको

tillotmacitynews - 2021 Jun 05 01:13 PM
IMG

जेष्ठ २२ गते शनिबार २०७८ तिलोत्तमा सिटी।पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् । यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् ।मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको थियो ।


जसमा एन्टीजेन परीक्षणमा १५०२ र पीसीआर परीक्षणमा ३ हजार ५४० गरी कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० ९पीसीआर० र १ लाख ३१ हजार ४ ९एन्टिजेन० पुगेको छ । यस्तै निको हुनेको कुल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ७९९ पुगेको छ ।




कमेन्ट गर्नुहोस्