
जेष्ठ २० गते बिहिबार २०७८ तिलोत्तमा सिटी। नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहिको आयाेजना एवम् थोर्गा रुपन्देही सम्पर्क समाजको संयाेजनमा तिलाेत्तमा-३ स्थित कैलाशकुट मन्दिर प्राङ्गणमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । काेभिड-१९ काे महामारीका कारण रगत तथा रक्ततत्व अभाव हुन नदिने उद्धेश्यले आयाेजित सो कार्यक्रममा ५३ युनिट र रक्तसंचार केन्द्र बुटवलमा १७ युनिट गरि ७० जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् ।
काेभिड-१९ का कारण समुदायस्तरमा रक्तदान कार्यक्रम विगतकाे तुलनामा न्यून गतिमा भएकाले यस्तो समयमा समूहसंग मिलेर रक्तदान गरिएको रक्तदान कार्यक्रमका संयोजक तथा जिल्ला शाखा सदस्य आकाश पन्थले बताए। स्वास्थ्य मापदण्ड पालना गर्दै गरिएको सो कार्यक्रममा दारी ग्याङ्गका सदस्यहरु, स्थानिय शुभेच्छुक युवा, आमा समूह, कैलाशकुट मन्दिर समिति लगायत स्थानिय युवाहरुको उपस्थिति रहेको थियो ।
कोभिडको यस्तो महामारीका बेलापनि एक दिनकै निमन्त्रणामा आएर रक्तदान जस्तो महादनामा सहभागी हुनुभएका सबै व्यक्ति प्रति थोर्गा सम्पर्क समाज रुपन्देहीका अध्यक्ष मिन प्रसाद पोख्रेलले धन्यबाद ज्ञापन गर्दै खुसि ब्यक्त गर्नुभएको छ। नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीले विभिन्न रुपले नियमित रुपमा रक्तदानका कार्यक्रमहरु गाउ गाउमा पुर्याएको र नियमित रक्तदान गर्दा स्वास्थ्यमा कुनै असर नगर्ने र रगत समेत परिक्षण हुने हुदा यसमा सहयोग गरि हौसला प्रदान गर्ने सबै प्रति अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले धन्यबाद ज्ञापन गरेका छन्। उनले कम्तिमा बुटवल लगायत आसपासका क्षेत्रमा रगत अभाव हुन नदिन आफ्नो संस्था जिल्लादेखि नगर तहसम्म निरन्तर लागिपरेको बताए।
कमेन्ट गर्नुहोस्