लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रक्तअभावका बेला अखिल (क्रान्तिकारी) द्वारा रक्तदान

tillotmacitynews - 2021 Jun 02 02:43 PM
IMG

जेष्ठ १९ गते बुधबार २०७८ तिलोत्तमा सिटी। अनेरास्ववियु (क्रान्तिकारी) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनको लुम्बिनी प्रदेश स्वयमसेवक विभागले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।बुधबार (आज) बुटवलको रक्तसञ्चार सेवाकेन्द्रमा भएको रक्तदान कार्यक्रममा २५ जना स्वयंसेवीले रक्तदान गरेको संगठनका स्वयंमसेवक विभाग प्रदेश सह-संयोजक सागर पन्थीले बताए ।


कोभिड महामारीका कारण भएको रक्त अभाव पुर्ति गर्न रक्तदान कार्यक्रम आयोजक गरिएको क्रान्तिकारीले जनाएको छ ।नेकपा माओबादी केन्द्रका रुपन्देही जिल्ला सचिव निर्मल जीसीको प्रमुख आतिथ्यतमा र सहसंयोजक सागर पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी नेताहरू रुपेश पौडेल, प्रकाश कुँवर, विष्णु खत्री, माधव पाण्डेलगायतको उपस्थिति रहेको थियो ।



कमेन्ट गर्नुहोस्