
गोबिन्द भुसाल, जेष्ठ १५ गते शनिबार २०७८ तिलोत्तमा सिटी। नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाकाे आयाेजना एवम् जागृति युवा क्लबकाे संयाेजनमा तिलाेत्तमा-२ स्थित क्लबको कार्यालय परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । काेभिड-१९ काे महामारीका कारण रगत तथा रक्ततत्व अभाव हुन नदिने उद्धेश्यले आयाेजित सो कार्यक्रममा २ जना काेराेना जितेका युवाकाे प्लाज्मा रगतसँगै १०१ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले रगत अभाव हुन नदिन आफ्नो संस्था जिल्लादेखि नगर तहसम्म निरन्तर लागिरहेको बताउनुभयाे ।
काेभिड-१९ का कारण समुदायस्तरमा रक्तदान कार्यक्रम विगतकाे तुलनामा न्यून गतिमा भएकाले यस्तो समयमा जागृति युवा क्लब र तिलाेत्तमा नगरका युवाले रक्ततत्व अभाव हुन नदिनलाई लागि परेकाे भन्दै क्लबकाे प्रशंसा गर्नुुभयाे । अर्का अतिथि नेपाल रेडक्रस साेसाइटी मणिग्राम उपशाखाका सभापति एवम् शिक्षाविद् टेकबहादुर थापाले बाेल्दै यस विषम परिस्थितिमा समेत संस्थाले मानव जीवन रक्षार्थ अहाेरात्र रगतकाे क्षेत्रमा खटेकाे भन्दै प्रशंसा गर्नुभयाे । बुटवल ब्लड बैंक र भैरहवा ब्लड बैंककाे प्राविधिक सहयाेगमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम गरिएको हाे ।
रक्तदाता समाजकाे तिलाेत्तमा नगर शाखा गठनपछि याे पहिलाे कार्यक्रम गरेसँगै नियमित मासिक रक्तदान श्रृङ्खला सन्चालन गर्ने उद्धेश्य रहेकाे शाखाका अध्यक्ष गाेविन्द भुसालले बताए । ए.आई. पाैडेल ट्रेडर्स याेगिकुटीद्वारा प्रायाेजित कार्यक्रम जागृति युवा क्लबका अध्यक्ष विदुर के.सी.काे संयाेजकत्व समाजका उपाध्यक्ष पुर्णचन्द्र सुवेदीको स्वागत तथा समाजका सचिव प्रेम नेपालीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
कमेन्ट गर्नुहोस्