लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गाजामा अलजजिरा र एपीको कार्यालय रहेको भवन इजरायली 'एयर स्ट्राइक'मा ध्वस्त

IMG

जेष्ठ १ गते शनिबार २०७८ तिलोत्तमा सिटी।गाजामा रहेको अलजजिराको कार्यालय रहेको भवन इजरायली हवाई आक्रमणमा ध्वस्त भएको छ। केहीदिनयता इजरायलले गाजामा 'एयर स्ट्राइक' गर्दै आइरहेको छ। जसमा धेरै भवनहरु भत्किएका छन्।इजरायलले हमास समूहलाई लक्षित गरेर आक्रमण गरेको बताएपनि मिडियाहरु रहेको घरहरुमा समेत आक्रमण भइरहेको छ।आज अलजजजिरा रहेको भवनमा आक्रमण गर्नुपूर्ज इजरायलले एक घण्टा अघि पूर्व सूचना दिएका त्यहाँ रहेकालाई बाहिरिन चेतावनी दिएको थियो। उक्त भवनमा धेरैजनाको आवासका साथैएसोसिएटेड प्रेस (एपी)को कार्यालय समेत रहेको थियो।इजरायली आक्रमणमा गाजामा १४० भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्।                     

कमेन्ट गर्नुहोस्