
तिलोत्तमा २०७८ बैशाख २३ गते बिहिबार। रुपन्देहीको मायादेवी गाउँपालिकाले कोरोना संक्रमितको घर घरमै स्वास्थ्यकर्मीको टिम खटाइ होम आइशोलेसनमा बिरामीको परीक्षण,परामर्श र औषधि उपचारलाई निरन्तरता दिइरहेको छ। उक्त टिममा कविराज अधिकृत ध्रुवराज भण्डारी , सिअहेव अधिकृत प्रभु चौधरी तथा हेल्थ असिस्टेन्ट सुरेश चौधरी लगायत रहेका र उपचारको साथमा कन्ट्याक्ट ट्रेसिगंको काम समेत गर्दै आइरहेका छन्।
संक्रमित लाई होम आइशोलेसनमै आयुर्वेद चिकित्सा सहितको उपचार तथा औषधी प्राप्त गर्दा हौसला बढेको छ । सबै संक्रमितको घरमै पुगेर एकिकृत सेवा प्रदान गर्न उक्त टिम निरन्तर सक्रियतापूर्वक कार्य गर्ने अठोट का साथ अगाडी बढिरहेको कविराज ध्रुवराज भण्डारीले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्