
तिलोत्तमा २०७८ बैशाख २३ गते बिहिबार। झट्ट सुन्दा अचम्म र डर पनि उत्तिकै लाग्नु स्वाभाविक हो। तर पाल्पाका एक समाजसेवी व्यक्ति यादव सिंह कार्कीले २ दिन पहिले सामाजिक संजालमा आफु कोरोना संक्रमित हरुलाई सहयोग गर्न आतुर रहेको पोस्ट्याए। एम्बुलेन्सको सहजता नभएको समाचार यत्रतत्र छरिएको देखेर पढेर सुनेर उनको मन सार्है दुख्यो। आखिर गाडी घोडा हिड्न कै लागि त हो अनि यो महामारीका बेला एक अर्कालाई परेको सहयोग गर्न नसके के मानब जिबन सार्थक होला त् ? अह कदापि हुदैन त्यै सोच अनुरुप कार्कीले आफु संग भएको गाडीलाई निशुल्क एम्बुलेन्स बनाएर सामाजिक संजालमा राखे।
बिना पिपीइ उनि संक्रमितहरुलाई अस्पताल सम्म पुर्याउन लागे। त्यसमा पनि बिहिबार उनलाई अझै ठुलो सहयोग गर्ने सहजता प्रदान भयो। पाल्पा घर भै सन्तान जन्माउन लागेकी एक महिला कोरोना संक्रमित भएपछी उनलाई एम्बुलेन्स कहिँ पाइएन। अस्पताल देखि घर अनि घर देखि अस्पताल गर्न उनलाई एम्बुलेन्स तयार भएन त्यसपछि उनका आफन्तले फोन गरे यादव सिंह कार्कीलाई, जो सहयोगको लागि आतुर थिए। अनि त्यो स्थान सम्म आएर सुत्केरी कोरोना संक्रमित महिलालाई गन्तव्य सम्म पुर्याइदिए। यो दृश्य पाल्पाको हो।
लामो समय देखि ढाका उद्योग संचालन गर्दै आएका यादव सिंह कार्की अहिले समाजसेवामा तल्लिन भएका छन्। उनि समाजमा परेको साना देखि ठुला दु:खलाइ मनले सहज अनुमान गरि सहयोगको भावना जाग्ने बताउछन। पछिल्लो समय कोरोनाको महामारीमा यसरी सहयोग गर्न पाउदा खुसि लागेको उनको भनाई छ।
कमेन्ट गर्नुहोस्