लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शनिबार थप १४ जनाको मृत्यु, २६ सय १८ जनामा कोरोना

IMG

तिलोत्तमा २०७८ बैशाख ११ गते शनिबार।  नेपालमा शनिबार थप २६ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको सात हजार ५ सय २५ पिसिआर परिक्षणका क्रममा २४ सय ८६ र ११४३ वटा एन्टीजेन परिक्षणका क्रममा १३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ ।


यससँगै हालसम्म नेपालमा तीन हजार १ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको  जनाएकाे छ ।त्यस्तै थप ३६८ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ७७ हजार १२३ जना संक्रमणमुक्त भएका छन् ।हाल नेपालमा १६ हजार ८२८ संक्रमित आइशोलेशनमा छन् भने ७१ जना क्वारेन्टाइनमा छन् ।नेपालमा हालसम्म २३ लाख ९५ हजार ७२५ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


कमेन्ट गर्नुहोस्