
तिलोत्तमा २०७७ माघ २८। तिलोत्तमा नगरपालिका वडा नं ९ मा हिजो देखी ८४ बर्ष तथा सो भन्दा माथि उमेर पुग्नुभएका जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा शुरु भएको छ। "समुन्नत,सुरक्षित र बातावरण मैत्री सुन्दर शहर, सुशासन युक्त पर्यटकिय र समृद्ध तिलोत्तमा नगर" भन्ने मुल नारा बोकेको यस नगरपालिकाको वडा न ९ का वडाध्यक्ष नारायण न्यौपानेले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षणका लागी आवश्यक पर्ने सम्पुर्ण प्राथमिक स्वास्थ्य सामाग्रि एक कार्यक्रमका बिच वडा न ९ मा अवस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र लाई हस्तांतरण गर्नु भएको थियो । आफुले सधैंभरी वडा बासिको हितमा काम गर्ने र त्यसको लागि वडा बासिको पनि त्यती नै सहयोग रहेको बताउदै वडा न ९ का सम्पुर्ण जेष्ठ नागरिकहरुलाई समेट्ने गरि निःशुल्क स्वास्थ्य परिक्षण एबम् परामर्श कार्यक्रम शुरु भएको वडाका अध्यक्ष न्यौपानेले बताउनुभयो।
घरदैलो अभियानसहित शुरु भएको यस कार्यक्रमको पहिलो दिनमै उल्लेखनीय मात्रामा जेष्ठ नागरिकहरुले सेवाको फाईदा लिसक्नु भएको छ भने आफ्नै घरदैलोमा नै स्वास्थ सेवा पाएकोमा वडा बासीमा पनि निकै उत्साह र खुशी देखिएको छ । बिगतमा पनि यस वडाले यस्तै किसिमका प्रशंसनिय एबम् जनमुखी बिभिन्न कार्यक्रम गर्दै आईरहेको स्थानियले बताए। तिलोत्तमा नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा शुरु भएको सो कार्यक्रमको ब्यवस्थापन तथा सहजिकरण तिलोत्तमा वडा न ९ एबम् आधारभूत स्वास्थ्य सेवा केन्द्रले गरेको हो।
कमेन्ट गर्नुहोस्