
२०७७ माघ २१, तिलोत्तमा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले भोलि , बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको छ। बुधबार दिउँसो केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आमहड्ताल घोषणा गरिएको हो।प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहको केन्द्रीय संघर्ष समितिले बिहीबारका लागि आमहड्ताल घोषणा गरेको हो। सरकारको प्रतिगामी कदमविरुद्ध यो कदम चाल्न बाध्य भएको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले बताइन्।उनले आमहड्तालका क्रममा यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था सबै बन्द रहने बताइन्। तर, परीक्षा सञ्चालनमा भने कुनै अवरोध नगरिने उनको भनाइ छ। केहि संचार माध्यममा बन्द फिर्ता भएको समाचार आएपनि माघ २२ गतेको बन्द फिर्ता नभएको र त्यसको पछि नलाग्न आम जनतालाई आग्रह समेत गरेको छ।
सोहि क्रममा नेकपा रुपन्देहीले बिज्ञप्ति प्रकाशित गर्दै आन्दोलन संघर्ष समितिले बन्दका बेला एम्बुलेन्स, बिरामी बोकेको गाडी, कृषि प्रयोजनका दुध र तरकारिका गाडिलाई छुट हुने जनाएको छ ।त्यस्तै विद्यार्थिकाे परिक्षा नराेकिने र परिक्षाका बिद्यार्थि लैजाने ल्याउने बसमा परिक्षा प्रवेश कार्ड हेरि छाड्ने बताएको छ। बन्दको बेलामा अन्य सबै खाले सवारी साधन र ढुवानिका गाडी सम्पुर्ण शैक्षिक संस्था, व्यापारिक पसल र औधोगिक कल कारखाना पनि बन्द रहने संघर्ष समिति रुपन्देहिले बताएको छ ।
कमेन्ट गर्नुहोस्