
९ माघ, तिलोत्तमा। दुई दशकबढी अमेरिका बसेर नेपालमै भारत्तोलनमा सकृय हुन र नयाँ पुस्तालाई भारत्तोलन सिकाउन भन्दै झण्डै तीनमहिना अगाडि फर्किएका भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको ५२ बर्षको उमेरमा निधन भएको छ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ कुञ्जलापुर बस्दै आएका कार्कीको आज विहान हृदयघातबाट निधन भएको हो । बुटवलबाट काठमाडौं लैजादैगर्दा मुग्लिन नजिकै बाटोमा निधन भएको जनाइएको छ ।नेपालमा भारत्तोलनको तालिम सचालन गरेर आगामी पुस्तालाई पनि विश्व च्याम्पियन स्तरमा पुर्याउने उद्देश्यले नेपाल फर्किएका कार्कीको निधनको खबरले आफू स्तब्ध भएको मेरिल्याण्ड निवासी नेपाल सरकारका तर्फबाट महावाणिज्यदूत प्रेमराजा महतले जानकारी दिनुभयो । कार्की गत अक्टोबरमा आफूले प्राप्त गरेको शीप अनुभव लिदै मातृभूमिलाई योगदान गर्ने दृढ संकल्प सहित नेपाल गएका थिए, उनले भने।
महतले श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएको छ – ‘भन्नै नसकी नसकी पनि भन्नुपर्दो रहेछ हार्दिक श्रद्धाञ्जदली प्यारो भाई रूप। नेपाल र नेपालीको नाम बिश्वसामु पुर्याउन सफल भारत्तोलनका अन्तराष्ट्रिय खेलाडी एवं च्याम्पियन हाम्रो समाजका अत्यन्तै सहयोगी अनि मिलनसार प्रिय भाई रूप कार्की अबदेखी हामीबीच रहनुभएन।बडो दुखका साथ भन्दछु – अल बिदा रूप भाई । तपाईं को स्वर्ग मा बास होस।’
कार्की शरीर बनाउन कुनै औ’षधि’को से’वन नगरेका समूहमा प्रतियोगितामा भाग लिने भारत्तोलक खेलाडी हुन् । कार्कीले एटलान्टा आईपीएल, इन्टरनेसनल पावर लिफ्टइङ्ग प्रतियोगिता (अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा) आफ्नो तौल समूहमा स्वर्ण जिती नेपालको नाम बिश्वमा पुराउन सफल भएका थिए । उनले कुल १४ सय पाउण्ड उठाइ उनले स्वर्णपदक प्राप्त गरेका थिए ।चार दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण जितेका हुन्। नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। उनी अमेरिकास्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्णपदक जित्दै च्याम्पियन बनेका थिए ।
अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएका थिए।सन् २००९ देखि भारत्तोलनको अभ्यास सुुरु गरेका कार्की सन् २०१२ देखि पुर्णरुपमा भारत्तोलन खेलमा सक्रिय थिए। कार्कीले अमेरिकाबाट नेपाल फर्केपछि बांकी जीवन भारत्तोलन खेलमा बिताउने बताएका थिए। बागलुङ जिल्लाको गल्कोटमा जन्मिएका कार्कीको परिवार रुपन्देहीको तिलोत्तमा–६ भलवारीमा बसाई सरेर आएको हो।भारत्तोलन खेलकै लागि दैनिक ३ देखि ५ घण्टा सम्म नियमित ब्यायाम गर्ने कार्कीले भनेका थिए, ‘म मेरो लागि नभएर नेपाल र नेपालीको पहिचानका लागि खेलिरहेको छु। खेलको माध्यमबाट नेपाललाई चिनाउन पाएकोमा निकै गर्व लागेको छ।’ अभियानमा जीवन संगिनी शोभा सुबेदी र छोरा रुपेशको साथ र हौसलाले सफलता चुम्न सफल भएको उनले बताएका थिए।
कमेन्ट गर्नुहोस्