लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओलीको खोक्रो राष्ट्रबादका कारण सगरमाथाको गरिमामाथि प्रश्न आयो : बालकृष्ण खाँड़

IMG

तिलोत्तमा, ३ माघ २०७७। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण पटकपटक विदेशीले सगरमाथामाथि धावा बोल्ने आँट गरेको बताएका छन् ।कांग्रेस तिलोत्तमा नगर समितिले मणिग्राममा गरेको विरोधसभालाई सम्बोधन गर्दै सगरमाथाको गरिमामाथि धावा बोल्ने अवसर विदेसीलाई पटकपटक दिएर ओलीले राष्ट्रघाती काम गरेको नेता खाँणले दाबी गरे । उत्तरको छिमेकीलाई सगरमाथाको उचाइ नाप्न दिएको र दक्षिणको छिमेकीलाई पत्रकारको आवरणमा सगरमाथाको गरिमामाथि धावा बोल्न हेलिकोप्टर चढाएर सगरमाथाकै फेदीमा पुर्‍याएको उनले आरोप लगाए ।प्रधानमन्त्री ओलीले कहिले उचाइ नाप्न चिनियाँहरूलाई फिता दिएर सगरमाथामा पठाउनुहुन्छ । कहिले भारतीयलाई आफ्नो इन्टरभ्यु दिने अनि उसैलाइ हेलिकोप्टर चढाएर सगरमाथाको फेदीमै पुर्‍याइदिने गर्नुहुन्छ ।


ओलीले हेलिकोप्टर चढाएर पठाएको भारतीय पत्रकारले फेदीमा पुगपछि त सगरमाथाको नामै बदलीदिन्छु भन्छ’ नेता खाँणले भने । संविधानको सपथ खाएको प्रधानमन्त्रीले विदेशी पत्रकारलाई सगरमाथामाथि धावा बोल्ने अधिकार दिन मिल्छ भन्दै नेता खाँणले प्रश्न गरे ।सगरमाथाको उचाइ नेपाली वैज्ञानिकले नै नाप्न सक्ने भन्दै उनले जनशक्ति र बजेट व्यवस्थापन सरकारले गर्न नसके कांग्रेसले गरेर देखाइदिने दाबी गरे ।जबरजस्ती लोकतान्त्रिक संविधानलाई भत्काएर चिनियाँ खालको कम्युनिस्ट शासन व्यवस्था ल्याउन ओलीलाई नेपालका दलहरू बाधक भएकाले असंवैधानिक रूपमा संसद विघटन गरेको नेता खाँणले बताए ।


कार्यक्रममा कांग्रेस रूपन्देहीका सभापती अब्दुल रज्जाकले ओली सरकार इतिहासकै सबैभन्दा भ्रष्ट र नालायक भएको बताए । प्रदेश सांसद रमा अर्यालले ओलीको संसद विघटनलाइ राष्ट्रघाती कदम भएको बताइन् । तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, रमेश डुम्म्रेलगायतले बोल्दै लोकतन्त्र र जनाधिकार रक्षाका लागि कांग्रेसको विकल्प नभएको बताए ।


कमेन्ट गर्नुहोस्