लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आगलागीले पुरै नष्ट भएको परिवारलाई हिमानी ट्रस्टको सहयोग

IMG

  माघ २, २०७७, तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा-११ भुपुसैनिक टोलमा माघ १ गते लागेको आगलागी बाट पिडित लाल कुमारी दर्जीको परिवारलाई हिमानी ट्रस्टले सहयोग प्रदान गरेको छ।   आगलागीबाट पिडित दर्जीको खरले छाएको घरमा ९ जनाको परिवार बसोबास गर्दथे। बिहिबार १ गते साझ घरमा कोही नभएको बेला आगलगी भएको र परिवारले जानकारी पाउँदा सबै सामान र घर जलेर खरानी भएको त्यहा स्थित स्थानिय क्लबका अध्यक्ष प्रितम केसीले बताए।


क्लबका अध्यक्ष समेत रहेका समाजसेवी प्रितम केसीले घटनाको जानकारी पाईसकेपछी हिमानी ट्रस्टबाट सहयोगको लागि पहल गरि ५ थान स्लिपिङ्ग बेड एवं खाद्यान्न सहयोग गरेका थिए।  सो सहयोग हस्तान्तरण कार्यक्रममा हिमानी ट्रस्टका प्रतिनिधि सैजु पाण्डे भण्डारी एवं कृषा न्यौपाने लगायतको उपस्थिति रहेको थियो।  सो घर आगलागी हुदा करिव ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ।  

कमेन्ट गर्नुहोस्