
तिलोत्तमा,पुस २५। तिलोत्तमा नगर क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएर दूध उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको तीनपा-६ स्थित पञ्चामृत दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो २०औं साधारण सभा तथा ११औं अधिवेशन सम्पन्न गरेको छ । ११औं अधिवेशनको यस कार्यक्रममा नयाँ निर्वाचनको लागि संस्थाका सल्लाहकार मीन प्रसाद पोखरेलको संयोजकत्वमा गठित निर्वाचन समितिको कार्यतालिका बमोजिम सर्वसम्मतीले निर्विरोध निर्वाचन सम्पन्न भएको छ । साधारण सभाले आगामी कार्यकालको लागि नया कार्यसमिति चयन गरेको छ। जसको अध्यक्षमा अर्जुनराज उपाध्याय, उपाध्यक्ष खगनाथ भण्डारी, सदस्यहरु नन्दलाल रिजाल, पदम राना, भोजराज पाण्डे, मोहनीलाल पाण्डे, शान्ति घिमिरे, सीता सापकोटा र शान्ती आचार्य रहनु भएको छ भने लेखा सुपरिवेक्षण समिती संयोजकमा बाबुराम आचार्य, सदस्यहरुमा कृष्ण प्रसाद आचार्य र खेमराज पाण्डे निर्वाचित हुनुभएको छ ।
अध्यक्षको प्रतिवेदनसंगै आ.व. २०७६/७७को कुल खरिद रु. ३,९१,६२,७१४/-, कुल बिक्री रु. ४,१६,२७,५३०/- अन्य आम्दानी रु. ११,४१,०६८/६७ र अन्य खर्च रु. २४,०३,२८१/- गरि कुल मुनाफा रु. १०,१२,४९९/५४ , सम्पती तथा दायित्वको वासलात रु. १,३१,९४,०९८/१२ सहित लेखा परिक्षण प्रतिवेदन अनुमोदन र चालु आ.व. २०७७/७८को लागि कुल खरिद रु. ३,७३,२७,५००/-, कुल बिक्री रु. ४,०४,१७,९२५/-, अन्य आम्दानी रु. १५,३३,०५७/-, अन्य खर्च रु. ३३,६२,८३७/- गरी रु. ११,५९,०००/- मुनाफाको लक्ष सहितको विनियोजित बजेट र निति तथा कार्यक्रम सभाले सर्बसम्मत पारित गरेको छ ।
कार्यक्रममा संयोजक पोखरेलले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना दिंदै प्रमाण पत्र प्रदान गर्नु भएको थियो। त्यस्तै निवर्तमान अध्यक्ष माधव पाठकले कार्यसमितिका पुर्वपदाधिकारी सहित सम्पुर्ण शेयर सदस्यहरुलाई धन्यबाद दिंदै नव निर्वाचित पदाधिकारीलाई बधाई तथा मार्ग निर्देशन गर्नुभएको थियो। सो साधारण सभाले चुनेका नवनिर्वाचित अध्यक्ष अर्जुनराज उपाध्यायले पदाधिकारीहरुको तर्फबाट प्रतिवद्दता व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष माधव प्रसाद पाठकको अध्यक्षता र जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष अर्जुनराज उपाध्यायले गर्नु भएको थियो भने कार्यक्रम संचालन व्यवस्थापक शोभाखर भण्डारीले गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्