लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा अर्गानिक परिकारसहित ‘आमाको भान्साघर’ शुभारम्भ

IMG

तिलोत्तमा,पुस २४। के तपाइँ मिठो स्वादसंगै घरमै आमाले बनाएको जस्तै परिकार खान चाहनुहुन्छ ? त्यहि अर्गानिक स्वाद र खाना अनि खाजाको संगम बुटवलमा अर्गानिक परिकार सहित आमाको भान्साघर शुभारम्भ भएको छ ।शुक्रबार एक समारोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष समन्द्र जिसि, भान्साघरका आमा चन्द्रकला क्षेत्री, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, महासचिव माधव कुमार खनालले भान्साघरको औपचारिक उद्घाटन गरेका हुन ।संघका अध्यक्ष जिसिले पर्यटन नगरी बुटवलमा सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट खुल्ने क्रममा रहेको भन्दै नया र फरक ढंगका भान्साघरको पहिचान हुने बताए ।देशमा ६० हजारभन्दा बढीले संचालन गरेका मध्यम वर्गका लक्षित नीति बनाउन सरकार चुकेको उनले दाबी गरे । निक्कै लामो प्रयास पछि होटल ब्यवसायलाई मर्यादित पेशा बनाउने काममा आफुहरु लागेको उनले बताए ।





आन्तरिक घुमफिरका योजना बनाउने रुपमा विविध कार्यक्रम बनाउनतर्फ आफू लाग्ने प्रतिवद्घता समेत जनाए । भान्साघरका संचालक सुश्मा क्षेत्रीले महिलाहरु आर्थिक रुपमा पछि परेको बेला सेवा उद्योगका रुपमा भान्साघर शुरु गरेको बताईन ।भान्साघरमा  ७ जना महिलाहरुले रोजगार पाएको उनले बताईन। लामोसमय वैदेशिक रोजगार गरि फर्किएका संचालक सुरेश केसीले स्वरोजगार बन्न भान्साघर संचालन गरेको बताए । अहिलेसम्म भान्साघरमा ८० लाख खर्च भएको उनले बताए । 

कमेन्ट गर्नुहोस्