लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका किसान ब्यबसायिक आलुखेती तर्फ उत्साहित

IMG

  तिलोत्तमा २०७७ पुस १८। परम्परागत खेति गर्दै आएका रुपन्देहीको सुगम नगरपालिका तिलोत्तामाका किसान हरु अहिले प्रविधियुक्त आधुनिक आलुखेती तर्फ उत्साहित देखिएका छन्।  तिलोत्तमा नगरपालिका र युएनडिपीको आर्थिक तथा प्राबिधिक सहयोगमा नगर भित्रका १० वटा वडाको लगभग ६२ बिगाहा क्षेत्रफ़लमा किसानहरुले सामुहिक आलु खेति शुरु गरेका छन्। हरेक साता किसानहरुलाई आलु खति सम्बन्धि प्रशिक्षण तथा जानकारी र प्राबिधिक ज्ञान दिदै आलु खेतीको बारेमा जानकार गराउदै आएको दुर्गा मन्दिर अन्नबाली कृषक समुहमा अहिले मनग्य आलु उत्पादन हुने निश्चित छ। दुर्गा मन्दिर अन्नबाली कृषक समुह तिलोत्तमा-१० कान्छीबजारका अध्यक्ष बिक्रम केसीले कृषकको मेहनत र उर्जाले आलुखेती बारे आफुहरु अझ उत्साहित र जागरुक बनेको प्रतिक्रिया दिएका छन्।  शुरु शुरुमा किसानहरु यस खेतीमा परम्परागत कृषि तरिकालाई प्रबिधिसंग जोड्दा अनविज्ञ रहेपनि अहिले त्यो अनविज्ञता नरहेको बताएका छन्।  "कृषकहरुमा झन् उत्साह पाएको छु जसले आलु खेतीपछि लगाउने अर्को नगदेबाली अर्थात मकै खेतीलाई पनि थप जागर मिलेको छ। "- उनले मुस्कुराउदै भन्छन।


तिलोत्तमा नगरका ४,६,७,८,१०,१२,१६ मा लटरम्म आलु फाल्दै गरेको र वडा नम्बर १५ र १७ मा समेत आलु लगाइएको किसानहरुको लागि छाता सस्था भै कार्य गरेको तिलोत्तमा-१० बेहोरा स्थित प्रगतिशील महिला बहु उदेश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष सिता न्यौपानेले बताइन।  साथै वडा नम्बर १४ मा पनि सामुहिक आलु खेति गरिएको उनको भनाइ छ। तिलोत्तमा नगरपालिका र युएनडिपीको आर्थिक तथा प्राबिधिक सहयोगमा शुरु गरिएको सो आलु खेतीका लागि नगरपालिकाले सक्दो सहयोग गरेकोले किसानका लागि धेरै प्रेरणा मिलेको प्रगतिशील महिला बहु उदेश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष सिता न्यौपानेले बताइन। उनले नगरपालिका द्वारा कृषि प्राबिधिक संगै ११ वटा हाते टेक्टर तथा बालीमा औषधि र मल छर्न मिल्ने स्प्रे मेसिन हस्तान्तरण गरेकोले खेति गर्न थप सहज बनाएको बताइन।  


त्यस्तै आलुखेतिकै बिषयमा सोहि सहकारीकी ब्यबस्थापक जमुना गीरीले स्थानिय तहको सहयोगले सहकारीलाई ब्यबसायिक कृषि तर्फ़ उत्साहित गराएको र कृषकलाई स्वरोजगार प्रदान गरेको बताइन।  शुरु शुरुमा किसानले परम्परागत कृषिलाई अबलम्बन गर्दै आएपनि अघिले प्राबिधिक ज्ञानल थप जागर र नया नया तरिका अबलम्बन गर्न सहज बनाएको कृषि प्राबिधिक सर्जित पाण्डेयले बताए। एक-एक हप्तामा गरिने कृषि सहजिकरण्मा कृषि प्राबिधिक शिब चापागाईं र  सर्जित पाण्डेयले सहजीकरण गर्दै आएका छन्। सहकारीमा ४ जना कर्मचारी रहेका छन् भने सो चाक्लाबन्दीबाट गरिएको खेतीको २० वटा समुहले आ-आफ्ना खेतीयोग्य जमिन र बाझो जमिन लिजमा लिएर आलु खेति गरिएको छ।  आलुको व्यापारीकरण र बजारीकरणको लागि नगरपालिकासंग मिलेर चिस्यान केन्द्रमा राखी व्यवसायीकरण गर्ने योजना रहेको छ। यस खेतीले उत्साहित बनेकाहरुबाट बेरोजगार घट्ने र स्वरोजगारमा युवाहरु सक्षम हुने देखिन्छ।   

                                                             

कमेन्ट गर्नुहोस्