
२० मंसिर, तिलोत्तमा । अवैध रुपमा ओसार पसार गर्दै गरेका गोरुसहित बुटवलबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा पुर्व–पश्चिम राजमार्गको अस्पताल लाइन बुटवल बाट प्रहरीले १२१ वटा गोरु सहित उनिहरुलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार शनिबार विहान गरिब २ बजेको समयमा गोरु लोड गरीएका ५ ट्रकसहित चालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको छ ।चेकजाँच गर्ने क्रममा गोरु लोड गरी लिई आएका ट्रक तथा मानिसहरुको कागजातहरु संकास्पद देखिएपछि उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि पशु क्वारेन टाईन भैरहवा पठाईएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बारा जिल्ला निजगढ नगरपालिका– ८ बस्ने ३६ वर्षिय गणेश पौडेल, सोही जिल्लाको जितपुर सिमरा नगरपालिका–१६ का ३८ वर्षिय तिलक बहादुर जिम्बा, निजगढ नगरपालिका–९ का ५२ वर्षिय शम्भु भट्टराई, मकवानपुर हेटौडा उपमहानगरपालिका–१४ बस्ने ३० वर्षिय लक्ष्मण दमै र बारा निजगढ-९ का ३२ वर्षिय नवराज कार्की रहेका छन् ।नियन्त्रणमा लिइएको ना ५ ख ५६५५ नम्बरको ट्रकमा २२ वटा, ना ८ ख ७३०२ नम्बरको ट्रकमा २५ वटा, बागमती प्रदेश ०३र००१ ख ०३३३ नम्बरको ट्रकमा २५, ना ६ ख ५७१२ नम्बरको ट्रकमा २३ तथा ना ५ ख ७५३९ नम्बरको ट्रकमा २६ वटा गरी १२१ वटा गोरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्