लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीका पत्रकारद्वय पौडेल र पाण्डेयलाई पितृ शोक

IMG

२०७७ मंसिर १४ तिलोत्तमा। रुपन्देहीका पत्रकारद्वय अमृत पाण्डेय र सञ्जु पौडेल (पाण्डेय) लाई पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाकी कार्यसमिति सदस्य तथा कान्तिपुर दैनिकका तिलोत्तमा संवाददाता समेत रहेकी सञ्जुका ससुराबुवा तथा सबल पोष्ट साप्ताहिकका प्रधान सम्पादक अमृतका बुवा खडानन्द पाण्डेको आइतबार भैरहवा स्थित यूनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।


पाण्डेयको कोरोना संक्रमण भएपछि उपचार गर्दै गर्दा ६८ वर्षको उमेरमा मृत्यु भएको हो । गत मँसिर ३ गते कोरोना संक्रमण पुष्टि भएका पाण्डेयको स्वास्थ्य अवस्था खराब भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरिएको थियो भने थप उपचारका लागि शनिबार भैरहवाको मेडिकल कलेजमा भर्ना गरिएको थियो । स्याङ्जाको कालिगण्डकी गाउँपालिका-२ घर भई हाल बुटवल-११ कालिकानगर बस्दै आएका थिए । मृतक पाण्डेयका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । पाण्डे परिवारमा भएको यो दुखद निधनले तिलोत्तमा सिटी परिवारलाई समेत मर्माहत तुल्याएको छ।  शोकको यस घडिमा दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार जना प्रति धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन भनि कामना गर्दछौ।  

कमेन्ट गर्नुहोस्