
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वस्तुगत तर्फबाट केन्द्रय सदस्यहरुको मतगणना सकिएको छ । वस्तुगतबाट १४ जना केन्द्रीय सदस्यका लागि २८ जनाले उम्मेदवारी दिएका थिए । दुई समूह बनाएर निर्वाचनमा उत्रिएका उद्योगी ब्यवसयीक उम्मेदवारहरुमा वस्तुगतमा भने मतदाताहरुले दुबै समूहलाई बराबर परिणाम दिएका छन् । चन्द्र ढकाल र किशोर प्रधान समूहबाट निर्वाचन लडेका मध्य ७-७ जना निर्वाचित भएका हुन् ।विजयी हुनेमा सबैभन्दा धेरै मत ल्याउनेले ७७ मत तथा सबैभन्दा कम मत ल्याउनेले ४९ मत ल्याएका छन् ।
वस्तुगत तर्फबाट निर्वाचित हुनेमा सुमित केडिया (७७), नरेशलाल श्रेष्ठ (७२), मीनमान श्रेष्ठ ६७), अरनिको राजभण्डारी (६४), भक्त हमाल (६२), मनिषलाल प्रधान (६०), प्रकाशमान सिंह कार्की (५७), सकुन्तला हिराचन (५५), हेमराज ढकाल (५३), विष्णु गैरे (५१), सन्दीप कुमार अग्रवाल (५१), सुवोधकुमार गुप्ता (५०), गोविन्द ढुंगेल (५०) र आकाश अधिकारीले (४९) मत पाएका छन् ।सुमित केडिया, नरेशलाल श्रेष्ठ, भक्त हमाल, प्रकाशमान सिंह कार्की, हेमराज ढकाल, सुवोधकुमार गुप्ता र आकाश अधिकारी ढकाल समूहका हुन् भने सन्दीप कुमार अग्रवाल, मीनमान श्रेष्ठ, अरनिको राजभण्डारी, मनिषलाल प्रधान, सकुन्तला हिराचन, विष्णु गैरे र गोविन्द ढुंगेल प्रधान समूहका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को जिल्ला-नगरतर्फको उपाध्यक्ष पदमा चन्द्र ढकाल समूहका गुणनिधि तिवारीलाई पछाडी पार्दै किशोर प्रधान समूहका दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी तिवारीलाई ११ मतान्तरले हराए ।दिनेशले ५८ मत ल्याउँदा गुणनीधि ४७ मतमा सीमित भएका थिए ।वस्तुगततर्फको उपाध्यक्षमा गुणनिधि तिवारी चन्द्र ढकाल समूहबाट र दिनेशलाल श्रष्ठ किशोर प्रधान समूहबाट निर्वाचनमा खडा भएका थिए ।श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनको कपि तथा स्टेसनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, प्रिन्टिङ मेसिनरी सप्लाई लगायतमा लगानी रहेको छ ।
कमेन्ट गर्नुहोस्