लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको आनन्दवन र विपिग्राम स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल स्वीकृत

IMG

मङ्सिर ६ गते २०७७ तिलोत्तमा ।रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित आनन्दबन स्वास्थ्य चौकी र बिपी ग्राम स्वास्थ्यचौकी गंगोलियामा १५ शैयाका अस्पताल स्विकृत भएका छन ।त्यसो त नगर भित्रकै सेमरा स्वास्थ्य चौकीलाई समेत अस्पतालमा रूपान्तरण गर्ने कार्य पनि अघि बढेको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बताएका छन्।


तिलोत्तमा वार्ड न. ६ गोरकट्टामा रहेको आनन्दवन स्वास्थ्य चौकी र वार्ड न. १७ गंगोलियामा रहेको विपि ग्राम स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल सहितको सेवा हुने गरि स्वीकृत भएको नगरप्रमुख घिमिरेले बताएका छन्।  सो अस्पतालको आनन्दवन स्वास्थ्य चौकीमा यहि मंसिर ११ गते र विपि ग्रामको मङ्सिर १५ गते विधिवत शिलान्यास गरीने छ । तिलोत्तमा नगरपालिकामा अहिले सबै वार्ड मा आधारभूत स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र, सबै स्कुलमा नर्स सेवा र नियमित खोप संचालन भैरहेको छ।   

कमेन्ट गर्नुहोस्