लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाले गर्यो कोरोना नियन्त्रणको आम्दानी खर्च सार्बजनिक

IMG

तिलोत्तमा,२०७७ कार्तिक २०। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि तिलोत्तमा नगरपालिकाले सरकारले अहिलेसम्म १ करोड ७२ लाख ६ हजार ४ सय ७ रुपैया ५० पैसा खर्च गरेको छ।  कार्यालयको प्रकोप ब्यबस्थापन कोषबाट महामारीका रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण उपचार, राहत बितरण, क्वारेन्टाइन तथा आइसोलेसन पूर्वाधार निर्माण, संचालन र ब्यबस्थापन तथा औषधि जन्य सामग्री खरिद तथा वितरणमा नगरपालिकाले १ करोड ७२ लाख  रुपैयाँ खर्च गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माका अनुसार नगरपालिकाको प्रकोप ब्यबस्थापन कोषमा जम्मा भएको नगद १ करोड ५ लाख ३२ हजार रुपैया नगद र विभिन्न खाद्दान्न गरि नगरभित्र तथा बाहिरका व्यक्ति संघ सस्था हरुले सहयोग गरेका हुन्।


कमेन्ट गर्नुहोस्