लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संसदीय समितिले मुख्य सचिवलाई बोलायो,‘नेपाल’ कि ‘एनइपीएएल’?

tillotmacitynews - 2020 Nov 05 05:28 PM
IMG

२० कात्तिक, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णयबारे छलफल गर्न सरकारलाई बोलाएको छ ।सभापति शशी श्रेष्ठका अनुसार समितिको बैठक आगामी आइतबार दिउँसो १ बजे बस्नेछ । उक्त बैठकमा ‘संघीय गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयका विषयमा छलफल हुनेछ । बैठकमा निमित्त सचिव खगराज बराललाई बोलाइएको छ ।नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा छन् । उनको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएका कारण केही दिनदेखि बरालले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।गत असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय भएको थियो ।सोही निर्णय कार्यान्वयन गर्न भन्दै असोज २८ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मातहतका कार्यालयलाई पत्राचार गर्दै नेपालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ र अंग्रेजीमा ‘फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरिएकोमा अबदेखि नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘एनइपीएएल’ लेख्न भनेको छ ।


नेकपाबाटै विरोध

‘संघीय गणतन्त्र नेपाल’ नलेख्ने निर्णयबारे सत्तारुढ नेकपाभित्रै विरोध भएको छ ।नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवले विज्ञप्ति निकाले नेपालको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयको विरोध गरेका छन् ।यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रेस नोट जारी गर्दै ‘संघीय गणतन्त्र नेपाल’ नलेख्ने निर्णयलाई प्रतिगमनतिर लैजाने षड्यन्त्र भएको टिप्पणी गरे ।उक्त निर्णय निर्देशन र आदेश असंवैधानिक भएको र जनताले संघर्ष, त्याग र बलिदानद्वारा प्राप्त गरेका संघीय प्रणाली, समावेशिता, लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाकै विरुद्धमा रहेको उनले यादवले उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्