लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीकी महिलामा मृत्युपछि कोरोना पुष्टि

IMG

१८ भदौ, बुटवल । बुटवलमा एक महिलाको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।बुटवलको सिद्धबाबा अस्पताल रामनगरमा उपचार गराएकी बुटवल–७ कि ४५ वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको थियो । तर उनको पीसीआर रिपोर्ट बिहीबार आएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।


चार दिनदेखि ज्वरो आएर स्वासप्रश्वासमा समस्या भएपछि बुधबार दिउँसो अस्पतालमा उपचार गराउन गएकी उनको बुधबार साँझ मृत्यु भएको प्रवक्ता रेग्मीले बताए ।मृतक महिलाको रिपोर्ट पोजेटिभ आएपछि महिलाको उपचारमा संलग्न दुईजना स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेका र अस्पतालको आकस्मिक कक्ष २४ घण्टा बन्द गरेर निर्मलीकरण गरिने अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपानेले बताए ।

कमेन्ट गर्नुहोस्