लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२० हजार घुस लिएको आरोपमा वडाध्यक्ष पाण्डे पक्राउ

IMG

१८ भदौ, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका– २ का वडा अध्यक्ष सरोजकुमार पाण्डे सेवाग्राहीसंग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाणसहित पक्राउ गरेको हो ।सहकारीबाट अनुदान रकम उपलब्ध गराइदिने नाममा सेवाग्राहीसंग २० हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।४५ हजार रुपैयाँ माग गरेमध्ये २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्