
रुपन्देहीको तिलोत्तमा वडा न. ९ का अध्यक्ष नारायण न्यौपानेले आर्थिक अवस्था कमजोर भएर होम क्वारेन्टाईनमा वसेका २ परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । वडाको मंगलापुरस्थित २ विपन्न परिवारको घर मै पुगेर अध्यक्ष न्यौपानेले २ बोरा चामल, दाल नुन, तेल, सोयाबीन र आलु लगायतका सामाग्री प्रदान गर्नुभएको हो। कोरोना कहरका बीच गरिखाने श्रमिक र मजदुर बर्गले हात बाधेर बस्नुपर्ने अवस्था आईपरेको बेला सानो भए पनि सहयोग गर्न पाउँदा आफुलाई खुसी लागेको उहाले प्रतिक्रिया दिनुभएको छ।
तिलोत्तमाको मंगलापुरलाई कार्यक्षेत्र बनाई विहान साँझ काम गरि जिविकोपार्जन गर्ने सो परिवारका सदस्यहरू केही दिन अघि देखि होम क्वारेन्टाईनमा बसिरहेका छन ।अध्यक्ष न्यौपानेले क्वारेण्टाइन्मा बस्ने तथा काम गरेर खाने बर्गलाई चुल्हो निभ्न नदिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ। साथै उहाले कोहि कसैलाई अभाव र चुल्हो नबल्ने स्थिति भए मिलेर सहयोग गर्नुपर्ने सबैको दायित्व भएको बताउनुभयो।
तिलोत्तमा नगरपालिकाले लकडाउनको पहिलो फेजमा राहत बितरण कार्यका चरणहरु संचालन उत्कृस्ट बिधि अन्तर्गत गरेपनि अहिले पछिल्लो लकडाउनमा राहतको काम गरेको छैन।
कमेन्ट गर्नुहोस्