लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युथ क्यानद्धारा स्वास्थ्य सामाग्रि हस्तान्तरण

IMG

बुटवल भदौ १६ । युथ क्यान अर्थात राष्ट्रिय कार्यमा युवा समिति संस्थाले यस कोरोना महामारीको बेलामा अग्र पंतिमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको लागि स्वास्थ्य सुरक्षा सामाग्रि हस्तान्तरण गरेको छ । संस्थाले मंगलबार ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेलाई सामाग्री हस्तान्तरण गरेको छ । साथै बुटवलका विभिन्न स्थानमा रहेका प्रहरी विटमा समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए।  

सो अवसरमा स्वास्थ्य सुरक्षाका लागि अतिआवश्यक माक्स, सेनिटाईनर, पानी बोतल , फेस सिल्ड, साबुन, पञ्जा लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष रामु पाण्डेले जानकारी गराएका थिए । संस्थाका अध्यक्ष पाण्डेले जिम्मेवार युवा कार्यक्रम अन्तरगत पछिल्लो समय सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई दिनप्रतिदिन बढ्दो क्रममा कोरोना संक्रमण देखिएकोले सामाग्री हस्तान्तरण गरेको बताए। सो अभियान आगामी दिनमा निरन्तर अगाडि बढ्ने बताउदै यस अभियानमा साथ दिने सहयोगी प्रकास डुम्रे, शिखर ज्ञवाली, दिवश खनाल लगायतलाई धन्यबाद ब्यक्त गरिएको थियो  । अभियानलाई सफल बनाउन सहयोग गर्न टुटु सप्लायर्स र कान्जिरोवा हस्पिटालिटीलाई समेत धन्यवाद दिएका थिए ।


सो अवसरमा बोल्दै प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक पाण्डेले युवा हरुले ल्याएको यस्ता रचनात्मक कार्यले समाजमा सकारात्मक भाव ल्याउने भन्दै प्रशंसा सहित संस्था र यस अभियानलाई साथ र सहयोग गरें सबैलाई धन्यबाद दिएका थिए । अभियान अन्तर्गत अहिले बुटवल क्षेत्रमा सहयोग सामग्री हस्तान्तरण गरिएको छ भने अर्को चरणमा समेत यस्तै सहयोग रहने कार्यक्रमका एक युवा दिवस खनालले बताए।  

कमेन्ट गर्नुहोस्