लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलले ल्यायो ३ अर्ब ९९ करोड २२ लाख बजेट

IMG

सिद्धार्थनगर, असार १० गते । रूपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपियाँको आय अनुमान सहितको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले असार १० गते बुधबार नगर सभामा उक्त बजेट प्रस्तुत गर्नुभएको हो।


समानता, स्वाभिमान र अवसर, बस्नयोग्य बुटवल शहरू भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको यस बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पूँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमान अनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ।


बजेटको स्रोत व्यवस्थापनका लागि सङ्घीय सरकारबाट सङ्घीय समानीकरण अनुदानबापत २९ करोड २२ लाख, सशर्त अनुदान (चालु) तर्फ ५० करोड २५ लाख, ससर्त अनुदान (पूँजीगत) तर्फ ७ करोड ४ लाख, विशेष अनुदान (पूँजीगत) तर्फ ९० लाख र समपूरक अनुदान (पूँजीगत) तर्फ २० लाख प्राप्त हुने अनुमान छ। 


यस्तै, प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदानबापत २ करोड ३ लाख ६५ हजार, सशर्त अनुदान (चालु) तर्फ रु ५६ लाख ५० हजार, सशर्त अनुदान (पूँजीगत) तर्फ रु १ करोड ७३ लाख, समपूरक अनुदान (पूँजीगत) बापत रु १ करोड ५० लाख र विशेष अनुदान (पूँजीगत) तर्फ २० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ।


राजस्व बाँडफाँडतर्फ सङ्घीय सरकारबाट १९ करोड ४३ लाख ८६ हजार र प्रदेश सरकारबाट २ करोड ७५ लाख ६१ हजार प्राप्त हुने अनुमान छ। नगरको आन्तरिक स्रोत व्यवस्थापनतर्फ स्थानीय आन्तरिक स्रोतबापत १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय सङ्कलन हुने लक्ष्य राखिएको छ। 


यसबाहेक स्थानीय राजस्व बाँडफाँड अन्तर्गत विज्ञापन, मनोरञ्जन कर र दहतार बहत्तरको बिक्रीबाट ७८ करोड ७७ लाख ७८ हजार ८ सय प्राप्त हुने तथा गत आर्थिक वर्षको बचत (अल्या) ४० करोड गरी कुल स्रोत ३ अर्ब ८५ करोड रहने अनुमान गरिएको छ।


बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले बजेट निर्माणमा सहयोग पुर्‍याउने राजनीतिक दल, व्यावसायिक तथा सामाजिक सङ्घसंस्था र नगर प्रमुख लगायत सम्पूर्ण नगरवासीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सकारात्मक र रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा राख्नुभयो ।

कमेन्ट गर्नुहोस्