
कञ्चन।बैदेशिक रोजगारको क्रममा यु.के.मा रहेका नेपाली गजल साहित्यका सर्जक मिन रानाले एक पछि अर्को गर्दै तीन वटा श्रव्यदृश्य सहितको गीत सार्वजनिक गरेका छन । स्वदेशमा रहँदा नेपाली साहित्यको बिकास र सम्बर्द्धनमा नेपाली गजल, कविता, मुक्तत, हाइकु लघु कथा र आलेख लगायतमा कलम चलाउँदै आएका साहित्यकार राना बुटवलको साहित्य क्षेत्रमा औंलामा गनिने प्रखर लेखक तथा सर्जक हुन।
उनै सर्जक रानाले बैदेशिक रोजगारको क्रममा यु.के.मा रहेर नेपाली गीत संगितको क्षेत्रमा आफ्नो पहिचानलाई स्थापित गराउँदै "जुन दिन मान्छेले थाहा पाउने छ" बोलको म्युजिक भिडियो सहित गीत सार्वजनिक गरेका हुन् । आफ्नै अफिसियल युटुव च्यानल मिन राना म्यूजिक एण्ड पोएम्स (Min Rana music & poems) मार्फत सार्वजनिक भएको उक्त गीतमा सर्जक रानाकै स्वर रहेको छ भने संगीत खेम थापाले गरेका छन् ।
यस्तै सो गीतमा तवला भुवन गन्धर्व, गितार सञ्जिव रसाइली, इसराज सन्तोषभक्त श्रेष्ठ र बाँसुरीमा रत्न बि.क.ले आफ्नो सांगेतिक कला भरेका छन भने ध्वनी मिश्रण खडग बराजुलीले गरेका छन् । विरा घर्ती मगर, खिमा बुढा, प्रिया रोका मगर र सुमिना थापा मगरको उत्कृष्ट नृत्य रहेको उक्त म्युजिक भिडियोको दृश्य सम्पादन तथा छायांकन नविन घर्ति मगर र किरण थापा मगरले गरेका छन भने बविता थापा मगरको निर्देशन तथा कोरियोग्राफी रहेको छ।रोजगारको क्रममा पाँच वर्ष अगाडि यु.के.गएका साहित्यकार तथा गायक रानाले यस अघि आफ्नै शब्द सिर्जनालाई रुपी सिंजालीसंगको युगल स्वरमा "सम्झी सम्झी नरोए आमा" र "मातृभूमी" नामक देशभक्तीपूर्ण म्युजिक भिडियो नेपाली गीत संगितको बजारमा सार्वजनिक गरिसकेका छन् ।
नेपाली साहित्यमा स्नातकोत्तर तह अध्ययन पुरा गरेका रानाले विषको खेति कविता सङ्ग्रह, कजाकस्तानका लोक कथा अनुवादित कथा संग्रह प्रकाशित गरेका छन् । गीत सङ्गीतको मानव जीवनमा धेरै ठुलो भुमिका हुने र स्वस्तीगान गर्नेदेखि लिएर बिद्रोहका आगो ओकल्ल गीत सङ्गीत सक्षम भएको बिचार राख्ने श्रजक रानाले सयौं गीत, गजल, कविता, मुक्तक र कथा लेखिसकेका छन भने अहिलेसम्म सार्वजनिक हुन बांकी रहेको एक दर्जन भन्दा बढी गीत रेकर्डिङ्ग भैसकेका छन् ।गुल्मी फोक्सिङ ५ काली गण्डकीगाउँपालिकामा जन्मिएर अध्यन र साहित्य सिर्जनामा अधिकतम रुपन्देहीको बुटवलमा समय खर्चेका रानाले मान्छेलाई उत्तेजित पार्ने र आन्दोलित पार्ने गीत सङ्गीत पनि समाज परिवर्तनको लागि आवस्यक रहेको दावी गर्दै यस किसिमको गीत संगित र सिर्जनामा धेरै स्रष्टाहरूले समेत योदान दिइरहेको समेत बताएका छन।
गीत सङ्गीतमा मानव रोगको उपचार समेत सम्भव हुने भएकोले मान्छेलाई निरोगी राख्ने क्षमता सङ्गीतमा हुने भन्ने यथार्थ धारणालाई उजागर गर्ने साहित्यकार तथा गायक रानाले सङ्गीतले मान्छेको मानसिक सन्तुलन कायम राख्न मद्दत गर्ने खालको गीत सङ्गीत कसरी निर्माण गर्ने भनेर अभ्यास गरिरहको बताएका छन।
कमेन्ट गर्नुहोस्