
बुटवल। रुपन्देही व्यापार संघ अन्र्तगत व्याग तथा जुत्ताचप्पल वस्तुगत उपसमितिद्वारा विश्व खुसी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्राविधिक सहयोगमा संघको सचिवालयमा आयोजित कार्यक्रममा ५१ युनिट रगत संकलन भएको व्याग तथा जुत्ताचप्पल वस्तुगत उपसमितिका संयोजकउत्तम देवकोटाले बताउनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले व्यापार संघले व्यवसायीक हकहितका लागि मात्र आफ्नो अभियान नगरेर सामाजिक उत्तरदायीत्व समेत निर्वाह आइरहेको स्मरण गराउनु भयो । उहाँले रक्तदान जस्तो महादान अरु नभएको चर्चा गर्दै रक्तदानको महत्वका बारेमा व्यवसायीहरुले पनि जनचेतनाका कार्यक्रमहरु आयोजना गर्न सुझाव दिंदै उहाँले संस्थाले गरेका मानविय कार्यलाई निरन्तरता दिदै व्यवसायीक हक हितका लागि एक भएर लाग्न आग्रह गर्नुभएको थियो ।
जुत्ताचप्पल वस्तुगत उपसमितिका संयोजक उत्तम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, महासचिव प्रकाशराज पौडेल, सचिव जयलाल न्यौपाने, वृन्दा भट्टराई आचार्य, सह–सचिव नलराज नेपाल, सह–कोषाध्यक्ष जिवनारायण घिमिरे, कार्यसमिति सदस्य, वस्तुगत उपसमिति तथा अन्य व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम व्याग वस्तुगत उपसमितिका संयोजक विजय सिंह रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्