लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

४० प्रतिशतले रेमिट्यान्स बढ्यो

IMG

२७ फागुन, काठमाडौं । चालु आर्थिक वष सातौं महिनामा पनि रेमिट्यान्स आप्रवाहमा उच्च सुधारले निरन्तरता पाएको छ । चालु आव माघमा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशत बढेको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरेको छ । चालु आव पुसमा ३९.१ प्रतिशत बढेको थियो । पुसमा मात्रै १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएकोमा माघमा सामान्य बढेर १ खर्ब ९८ अर्ब पुगेको हो । तर, गत आव सोही अवधिको तुलनामा हरेक महिनाको रेमिट्यान्स आप्रवाह ४० प्रतिशत हाराहारीमा देखिएको हो ।


माघसम्म १२ खर्ब ६१ अर्ब १ करोड बराबर रेमिट्यान्स स्वदेश आएको छ । यो रेमिट्यान्स गत आव सोही अवधिको तुलनामा ३९.८ प्रतिशत धेरै हो । गत आव माघमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । गत माघमा विप्रेषण आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आव माघमा १ खर्ब ३७ अर्ब ५० करोड रेमिट्यान्स आएको थियो । चालु आव माघमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशत वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आप्रवाह ५.५ प्रतिशत बढेको थियो ।


चालु आव माघसम्म खुद द्वितीय आय (खुद ट्रान्स्फर) १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड थियो । चालु आव माघसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४५ हजार १ सय ५३ र पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४ सय २४ छ । गत आव सोही अवधिमा यस्तो संख्या २ लाख ७४ हजार ६ सय २२ र १ लाख ९० हजार ८ सय ८६ थियो ।

कमेन्ट गर्नुहोस्