लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यूएईले दियो २७६ नेपालीलाई आममाफी

IMG

काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले त्यहाँस्थित कारागारमा रहेका २६७ जना नेपालीलाई आममाफी दिएको जनाएको छ । यूएई सरकारले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई माफी दिएको हो ।नेपाल सरकारले यस आममाफीलाई नेपाल र यूएईबीचको सम्बन्ध, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको सराहना गरेको छ ।


उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटक-पटकको अनुरोधको प्रत्युत्तरस्वरूप यूएई सरकारले उक्त निर्णय गरेको बताइएको छ ।माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा त्यहाँकोा प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् । रासस

कमेन्ट गर्नुहोस्