लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा जुत्ता मेला सुरु, सस्तोमा जुत्ता-चप्पल पाइने

IMG

तिलोत्तमा सिटी ,२०८२ पुस  २२ गते / नेपाली ब्रान्डका जुत्ता तथा चप्पलका विविध डिजाइन तथा ब्रान्डहरू एकै स्थानमा अवलोकन र खरिद गर्न पाइनेगरी बुटवलमा जुत्ता मेला २०८२ सुरु भएको छ ।


नेपाली जुत्ता घर बुटवलको आयोजनामा पुस २० गतेदेखि बुटवलको कालिकानगर स्थित सब्जीमण्डी  कम्प्लेक्समा रहेको  नेपाली जुत्ता घरमा उक्त मेला सुरु गरीएको हो । मेला पौष २१ देखि  माघ २० गतेसम्म सञ्चालनमा रहने नेपाली जुता घर बुटवलका सञ्चालक दामोदर न्यौपानेले बताए। मेलामा नेपालका चर्चित ८ वटा जुत्ता बान्डहरूका  ५ हजारभन्दा बढी जुत्ता–चप्पलका डिजाइनहरू अवलोकन तथा खरिद गर्न सकिने अर्का सञ्चालक अर्जुन खनालले जानकारी गराए । उद्याेग देखि सिधै ग्रहकसम्म जुता चप्पल  ल्कियाइने हुँदा सुलभ तथा सुपथ मुलयमा किननमेल गर्न भएकाले पनि उद्योगदेखि ग्राहकसम्मको प्रत्यक्ष पहुँच हुनेअपेक्षा गरिएको छ।


नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको न्यौपानेलकाे भनाइ छ । मेलामा नेपालका ख्यातिप्राप्त फुटवेयर कम्पपनीहरूका बान्डहरूको बृहत् प्रदर्शनी राखिएको उनले बताए । मेलामा विशेष छुटका योजनाहरू पनि ल्याइएकाे  छ ।  रु. ५०० मा १ जोडी जुत्ता, रु. ५०० मा २ जोडी चप्पल, रु. ५०० मै ३ जोडी चप्पल तथा रु. ७५० मा २ जोडी जुत्ताहरू खरिद गर्न सकिने अफरहरू दिइउकाे  नेपालस् जुत्ता घरका सञ्चालक अभिषेक पाण्डेले बताएका छन । 


साथै मेलामा निःशुल्क प्रवेश गरी विभिन्न ब्रान्डका जुत्ता चप्पलहरुको अवलोकन गर्न समेत सकिने बताउदै उनले  जुत्ता वा चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्मका  छुटहरू पनि  उपलब्ध रहेको बताए । मेलाले स्वदेशी जुत्ता उद्योगको प्रवर्द्धनसँगै उपभोक्तालाई गुणस्तरीय उत्पादन सुलभ मूल्यमा उपलब्ध गराउने विश्वास लिइएको छ ।

कमेन्ट गर्नुहोस्