
शान्तिचोक। तिलोत्तमाको टाकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः राजेन्द्र कुँवर चयन भएका छन् । शनिबार शान्तिचोकमा सम्पन्न सहकारीको १४ औँ साधारणसभा तथा ५ औँ अधिवेशनले कुँबरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रमुख सल्लाहकार तथा पदेन सदस्यमा निवर्तमान अध्यक्ष रमेश ज्ञवाली चयन भएका छन् ।
सहकारीको उपाध्यक्षमा खेमराज खनाल, सचिवमा पशुपति चौधरी, कोषाध्यक्षमा वीरेन्द्र राना, तथा सदस्यहरुमा जानुका न्यौपाने, सृजना पन्थी ज्ञावली, घनश्याम न्यौपाने र पुजन भण्डारी चयन भएका छन् ।यस्तै लेखा समिति संयोजकमा कृष्णबहादुर कार्की तथा सदस्यमा शंकर गौतम र कृष्ण भण्डारी चयन भएका छन् । साथै शिक्षा उपसमितिको संयोजकमा डोलराज बेल्वासे, सदस्यमा दिपक भट्टराई र मिनप्रसाद भण्डारी चयन भएको निर्वाचन समितिले जनाएको छ । सहकारीको शेयर विस्तार उपसमितिको संयोजकमा गोमा बन्जाडे र सल्लाहकारमा रमेश ज्ञावली चयन भएका छन् ।
शनिवार तिलोत्तमा सम्पन्न सहकारीको साधारणसभा तथा अधिवेशनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष गिरिराज बन्जाडेले केही आयातित सहकारीका कारण नागरिकमा सहकारीप्रति नकारात्मक धारण सृजना भएको बताए । साथै उनले टाकुरा सहकारीमा बचतकर्ताको रकम सुरक्षित रहेको बताउँदै ढुक्क भएर बचत गर्न आग्रह गरे ।यस्तै गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले पनि सबै सहरकारीलाई एउटै रुपमा हेर्न नहुने बताए । निवर्तमान अध्यक्ष रमेश ज्ञावलीले सहकारी जुन उद्धेश्य अनुसार खोलिएको हो सोही अनुसार संचालन भएमा समस्या नहुने बताए । टाकुरा बचत सहकारीले बचतकर्ताको रकम सहि रुपमा प्रयोग गर्ने गरेकाले समस्या नरहेको बताए ।
नवनिर्वाचित अध्यक्ष राजेन्द्र कुँबरले आफुले पहिलो कार्यकालमा गरेको राम्रो कामले गर्दा नै शेयर सदस्यहरुले फेरि जिम्मेवारी दिएको बताए । शेयर सदस्यहरुले दिएको जिम्मेवारीलाई आफुले कुशलतापूर्वक पुरा गर्ने बताए । अध्यक्ष कुँबरले नमुना सहकारी बनाउने गरी काम गर्ने प्रतिबद्धता गर्दै बचतकर्ताको एक रुपियाँ पनि दुरुप्रयोग नहुने बताए ।सहकारीको हाल ४ करोड ७४ लाख ८८ हजार ६५१ रुपियाँ कुल बचत, ५२ लाख ६० हजार कुल शेयर रकम, ४ करोड २ लाख २४ हजार ४९५ रुपियाँ कुल लगानी र १ करोड ४६ लाख २५ हजार २६ रुपियाँ बैकमा मौज्दात रहेको छ।सहकारीमा २३२ जना महिला, २७१ जना पुरुष सदस्य र संस्थागत शेयर ४ गरी ५०७ जना शेयर सदस्यहरु रहेका छन् । कार्यक्रममा शेयर सदस्यमा जेहेन्दार छोरा छोरीलाई सम्मान समेत गरिएको थियो ।
कमेन्ट गर्नुहोस्