लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आरम्भ चौतारी लघुवित्तको एक दिने बटारेको धुप बत्ती बनाउने तालिम सम्पन्न

सरु राना - 2025 Dec 01 08:40 PM
IMG

ठुटिपिपल। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ठुटिपिपल शाखाको  आयोजनामा  १ दिने बटारेको धुप बत्ती बनाउने  तालिम  आज  सम्पन्न भएको छ ।आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि. ठुटिपिपल  शाखाका  स्टेशन म्यानेजर जय किसान यादवले स्थानीय महिला तथा सदस्यहरूमा आर्थिक सशक्तीकरण, आय–आर्जन र श्रम–सीप विकास गर्ने लक्ष्यका साथ आयोजित तालिमले सहभागीहरूमा नवीन उत्साह र व्यावहारिक ज्ञान दिने बताउनु भएको हो ।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ओमासतिया वडा नं. १ का वडा अध्यक्षय बेल बहादुर बराल मगरले  धुप बत्ती बनाउने  तालिमले  बजार तथा ग्रामीण क्षेत्रमा रहेका महिला दिदीबहिनीहरुले  सीप  सिकेर  उद्यमी बन्ने र आत्मनिर्भर भई जीवनस्तर उकास्ने बताउनु भएको हो । सहभागी सदस्य सावित्रा न्याैपानेले सिपमुलक तालिम आयोजना गरेकोमा संस्थालाई  धन्यबाद दिदै आगामी दिनहरूमा पनि यस्तै तालिम हरु आयोजना गर्न सुझाव दिनु भयो ।साथै यस तालिम बाट आफू हरु ले घरमै धूप बत्ती बनाएर आयआर्जन गर्न सकिने बताउनु भयो।कार्यक्रममा ओमसतिया वडा नं. १ का वडा सदस्य जानकी पासी,  संस्थाका विभाग प्रमुख  चन्दन कुमार सरदार,  सृजनशिल महिला विकास बहुउदेश्य सहकारी संस्था लि. का अध्यक्षय नबिनता पोखरेल,  संस्थाका बुटवल शाखाका स्टेशन  म्यानेजर  सन्तोष चन्द्र अस्थाई प्रहरी पोष्ट लखनचोकका प्रमूख चित्र बहादुर बराल लगायतको उपस्थिति रहेको थियो ।


७२ जना सहभागी सदस्यहरूलाई  प्रशिक्षक माया देवी  गुरुङ र मिरा देवी गुरुङले सहजीकरण गर्नु भएको हो ।कार्यक्रमको अध्यक्षता आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ठुटिपिपल शाखाको  स्टेशन म्यानेजर जय कृष्ण यादवले गर्नु भएको थियो भने  सञ्चालन शाखा प्रमुख अनन्त न्यौपाने र स्वागत मन्तव्य शाखा कर्मचारी मनिषा शर्माले  गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्