
काठमाडौं । त्रिभुवन विमानस्थलमा पछिल्लो एक महिनामा साढे ७ लाख भन्दा धेरै यात्रुले सेवा लिएका छन् । मुख्य चाडवाडको दशैं र तिहारको समयमा यो विमानस्थलबाट अधिक यात्रुले यात्रा गर्छन् ।तथ्यांक अनुसार अक्टोबर २०२५ मा ७ लाख ६१ हजार ४१४ जना यात्रुले सेवा र्दिका थिए । यो विमानस्थलले आन्तरिक तर्फ ३ लाख २३ हजार १२ जना यात्रुलाई सेवा दिएको छ ।
यसमध्ये २ लाख ४ हजार ५८८ यात्रु काठमाडौंबाट उडेका छन् । १ लाख १८ हजार ४२४ यात्रु भने काठमाडौं भित्रिएको तथ्यांक छ ।यस महिनामा ४ हजार २०९ उडान काठमाडौंबाट भएका छन् । काठमाडौंमा ४ हजार २०८ जहाज अवतरण गरेको तथ्यांक छ । कुल उडान/अवतरण ८ हजार ४१७ भएका छन् ।अन्तर्राष्ट्रियतर्फ अक्टोबर २०२५ मा १ लाख ९५ हजार ८७६ यात्रु नेपालबाट विदेश उडेका छन् ।
विदेशबाट नेपालमा २ लाख ४० हजार ३९४ यात्रु आएको देखिन्छ । कुल यात्रु संख्या ४ लाख ३८ हजार ४०६ रहेको छ ।यसबाहेक २ हजार १३६ यात्रुले भने यस विमानस्थलमा ट्रान्जिट सुविधा लिएका छन् । त्रिभुवन विमानस्थलमा यो महिनामा कुल १ हजार ५८५ उडान, १ हजार ५८५ अवतरण हुँदा कुल ३ हजार १७० उडान/अवतरण भएको तथ्यांक छ । नेपालमा ३१ अन्तर्राष्ट्रिय उडानका कम्पनीले सेवा दिएको त्रिभुवन विमानस्थलको तथ्यांक छ । विमानस्थलको तथ्यांक अनुसार अक्टोवरमा विमानस्थल उच्च क्षमतामा चल्ने गर्छ ।
कमेन्ट गर्नुहोस्