
पुरानो सडक / कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिका छिर्ने साँघुरो बाटोमा ३ वटा होटल छन् त्यसमध्येको सबै भन्दा पुरानो होटल तथा खाना घर हो हेरिटेज फेमली रेस्टुरेन्ट। मणिग्रामचोक देखि पश्चिम पुरानो सडक शान्ति प्राबिधिक शिक्षालयको ठ्याक्कै पछाडी प्लटलाईनमा रहेको एक सटरमा हेरिटेज फ्यामिली रेस्टुराँले तहल्का पिटिरहेको छ। आफैमा अर्गानिक स्वाद र उत्कृस्ट सेवाको नमुना बनेको हेरिटेजमा खाना खाने जो कोहिले स्वाद र सेवाको प्रशंशा गर्दछन।
बिगत लामो समयदेखि संचालित मणिग्रामकै पुरानो उक्त रेस्टुराँका मालिक हुन् कृष्णप्रसाद घिमिरे । उनले यो व्यवसाय थालेको ९ वर्ष कट्यो । पहिले मणिग्राम चोक देखि पश्चिम हाल एमफोर रेस्टुरेन्ट रहेको ठाउमा स्थापना गरी ग्राहकको चाहनाअनुसारका खाजा, खाना पकाउने, आएका ग्राहकलाई दिने, प्याकेजिङ मगाउनेलाई डेलिभरी गरिदिने सुविधा दिने घिमिरे परिवारले अहिले तिलोत्तमा नगरपालिका प्रसासनिक भवन जाने प्लटबाटोको सटरमा व्यवसाय सचालन गरेको छ। बाहिरका कामदार समेत हेरिटेजमा खासै छैनन भन्दा नि हुन्छ। स्थापनाकालमा ६ लाख रुपैयाँबाट व्यवसाय सुरु गरेका उनले अहिले दैनिक खर्च कटाएर १५ लाख बढीको लगानी पुर्याएका छन् । रेस्टुराँमा कृष्ण एक्लै काम गर्दैनन् । उनकी श्रीमती शान्ता, जेठा छोरा आशिष, उनका भाइ, अनि भाईका छोराछोरी र एक सहयोगी छन् । १८ महिना अघिसम्म त कान्छो छोरा अभिषेक पनि रेस्टुराँमै काम गर्थे । होटलकै कमाई मार्फत कान्छोछोरा अचेल उनी उच्च शिक्षा हासिल गर्नका लागि अमेरिका गएका छन् ।
जनयुद्धकाल बि स २०५५ सालमा नेपाल प्रहरीको जागिरे रहेका कृष्णले शान्तासित विवाह गरेपछि आफैले केहि गरु पर्छ भन्ने लागेर परिवारबाट टाढा भै ब्यबसाय तिर मन लगाएका थिए । कृष्णले एक मात्र काम गरेनन त्यति बेलाको राजनीतिक अस्थिरताले उनले गरेका धेरै प्रयास हरु थाती रहे। हरप्रयास गाउँमै किसानी गर्ने, सानो व्यवासाय गर्ने, गाडी किनेर चलाउने गरे पनि केहीमा सफल भएनन् । २ छोराको जन्म भैसकेकोले पनि परिवारको थप जिम्मेवारीले थलिएका उनी पैसा कमाउन भन्दै साउदी अरब पुगे। १२ वर्ष त्यहाँ बस्दा उनले परिवार, २ छोरालाई धेरै सम्झिए । फर्केर नेपालमै केही गर्छु भनी आएका उनले परिवारसँग मिलेर रेस्टुराँ खोले । बिदेशमा सिकेको सिप बाहेक उनलाई पैसा खासै काम लागेन किनकि उनले भनेजति कमाउन सकेनन र उनि फिर्ता भए अब विदेश नफर्कने गरि ।
कृष्णप्रसाद आफूले साउदीमा पकाउने कला सिकेर आएका थिए । बिस्तारै उनले श्रीमती शान्तालाई पनि सिकाए । अहिले दुवै जनाले किचनमा खटिएर पकाउने काम गर्छन्। त्यो काममा जेठो छोरा आशिषले पनि सघाउने र डेलिभरी पुर्याउने, भाँडा माझ्ने, अर्डर लिने काममा सघाउँछन् । भाइका छोराछोरी पकाउने सामान चाहिए, मःम बनाउनुपरे, अर्डर अनुसारका खाजा बनाउन र काट्न अनि सामान पुर्याउने कामकै लागि खटिन्छन्। पारिवार मिलेर गरेको काममा निकै सहयोग पुग्ने र व्यवसाय संचालनमा थप सहज भइरहेको शान्ताको अनुभव छ ।
साना दुई छोरालाई हुर्काउँदै पहाडमा व्यापार, खेती गरेकी शान्ताले श्रीमान् आएपछि सँगै मिलेर काम गर्दा, सुखदुःख सँगै व्यहोर्दा सबैभन्दा सन्तुष्टि यही रहेछ भन्ने लागेको बताइन् । चाडबाडका बेलामा पनि सबैसँगै हुन पाउनु भाग्य हुने रहेछ, परिवारले मिलेर काम गरे कसैलाई विदेश जानु पर्दैन, उनले बताइन् । उनले छोरालाई समेत आफूसँगै राखेर काम गर्ने भएकाले सानैदेखि व्यवासयमा सँगै काम गरेर अघि बढेको बताइन् । जेठो छोराले स्नातक पास गरेका छन् । उनले भनिन्,‘जेठोले होटेल म्यानेजमेन्ट नै पढेकाले उनले पनि खानेकुरा पकाउँछ । सानो छोरा अमेरिका गएर पढिरहेको छ ।’
कृष्णलाई परिवारको साथले दिनानुदिन व्यवसायमा अघि बढ्न, जीवनयापन गर्न सहज भएको छ । ‘रुँदा, हाँस्दा, केही कुरा भन्न मन लाग्दा, यसमा यो हो, यो गर्न हुँदैन भन्नुपर्दा परिवारकै बीच छलफल हुने, निष्कर्ष निकाल्न सकिने हुँदो रहेछ, त्यसले आत्मविश्वास र सकिन्छ भन्ने हिम्मत दिन्छ,’ उनी भन्छन्, ‘कहिलेकाहीँ अफ्ठ्यारो परिस्थिति त आउने रहेछ, तर परिवारका सबै सदस्य आफ्नो साथमा पाएपछि त्यो जटिलता सरल बनेको थुप्रै अनुभूति गरेको छु ।’लगानी गर्न नसकुन्जेल यसबाटै गर्ने र केही रकम जोगाउँदै जान सके थप व्यवस्थित भवन बनाएर व्यवसाय चलाउने उनको सोंच छ । आफूहरू उमेर बढ्दै गएपछि काम गर्न नसक्दा छोराले यहीँ व्यवसाय गरेर साथमै रहे रमाइलो हुने उनले बताए । कृष्ण र शान्ताले परिवारको एकता र साथले जीवनका हरेक क्षणमा अपनत्व र सन्तुष्टिको भान गराउने अनुभव बटुलेको बताए ।
अहिले हेरिटेजमा भनेजस्ता कोइलर,लोकल कुखुरा,मटन, हाँसको सबै परिकारसंगै म:म:, चाउमिन, थुक्पा लगायत टिप्पिकल अर्गानिक खाजा खाना पारिवारिक बाताबरणमा स्वाद लिन पाइने छ। बढी जसो अफिसियल रुपमा खाजा खानाको राम्रो बिक्रि बितरण गरिने सो रेस्टुराबाट तिलोत्तमा भरि होम डेलिभरी पनि गरिन्छ भने शान्त बाताबरणमा परिवारमै बसेर खाए जस्तो भान हुन्छ।
कमेन्ट गर्नुहोस्