लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मार्गदर्शन सहकारीका संचालक रामहरि सिलवाललाई धरौटीमा रिहा गर्ने आदेश

IMG

भैरहवा । भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी अभियोगमा पक्राउ परेका सञ्चालक समितिका सदस्य रामहरि सिलवाललाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।आइतबार जिल्ला अदालत रूपन्देहीका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पुर्पक्षको बहसपछि सिलवाललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले जानकारी दिए।


धरौटीमा रिहा भएका सिलवाल नेकपा एमाले चितवनको राजनीतिमा सक्रिय छन् भने उनी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का उपाध्यक्ष समेत हुन्।यस अघि शुक्रवार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले सहकारीका अध्यक्ष अशोक केसीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।मार्गदर्शन सहकारीको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना भएपछि प्रहरीले अनुसन्धान गरेर सहकारीका अध्यक्ष अशोक केसीसहित २३ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेको हाे ।रकम हिनामिनापश्चात फरार रहेका संस्थाका अध्यक्ष केसी र सिलवाललाई प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरी अदालतमा पेश गरेको थियो। 

कमेन्ट गर्नुहोस्