लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थानका बिशिष्ठ सदस्यलाई सहकारी शिक्षा- बिश्वास जितेको बक्ताहरुको भनाई

IMG

कोटिहवा  । तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ स्थित कोटिहवामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीमा आबद्ध  बिशिष्ठ शेयर सदस्यहरुसंग अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । सहकारीले पछिल्लो सहकारीसम्बन्धी बिशेष जानकारी र सदस्यको बिश्वासलाई अटुट राख्न र सहकारीको मजबुतता देखाउन र जोखिम कम गर्न जानकारी गराउने उदेश्यले आफ्ना  बिशिष्ठ सदस्यहरुलाई प्रशिक्षण दिएको हो । 


पछिल्लो समयमा सहकारी प्रति अन्योल सृजना भएको र छिमेकी सहकारीप्रति जनताको बिश्वास टुटिरहेको बेला जनउत्थानले आफ्ना बिशिष्ठ सदस्यहरुलाई राखी सहकारीको पछिल्लो अवस्थाबारे बताएको हो। उक्त कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत रन बहादुर थापाले सहकारीको पछिल्लो अवस्था, जोखिम न्यूनीकरण र समस्या समाधानका बारेमा  बिशिस्ठ सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।  कार्यक्रममा करिब १ सय ६१  बिशिष्ठ सदस्यहरुको उपस्थिती रहेको थियो ।


एक औपचारिक कार्यक्रमका बीच सहकारीका अध्यक्ष गिरी पुन मगरले बोल्दै सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत सदस्यहरुलाई सचेतनाका लागि प्रशिक्षण दिएको बताउँदै यो प्रशिक्षणले हरेक सदस्यको बिश्वास र संचालक तथा सदस्य र कर्मचारीको त्याग तपस्या र सुशासन पारदर्शिता र जवाफदेहिताले सहकारी यो स्थानमा पुगेको बताए । उनले हरेक सदस्यले सहकारीको बारेमा दैनिक रुपमा जानकारी राख्नु पर्ने र संचालक , बचत कर्ता तथा ऋणीहरुले समेत आ-आफ्नो दायित्व सम्झेर हरेक कुराको निगरानी गर्नुपर्ने बताए ।


सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा तिलोत्तमा नगरपालिकाका उप प्रमुख जगेश्वरदेवी चौधरीले पछिल्लो समय केहि सहकारीले संचालक र व्यवस्थापक मिलेर जनताको पसिनाको धन कुम्ल्याएको घटनाले आफु दु:खि भएको र त्यस घटनालाई केहि व्यक्तिहरुले राजनीतिक आड-भरोसा दिएको प्रति घोरभत्सर्ना गरेकी छिन। गल्ति गर्नेले कठघरामा उभिएर सजाय भोग्नुपर्ने बताउदै जनउत्थान सहकारीले आफुलाई अब्बल बनाउदै त्यस्ता ठगहरु,जसले सहकारीको मुकुण्डो लगाएर समाजमा अराजकता देखाएका छन्, तिनीहरुलाई गतिलो झाप्पड हानेको उपप्रमुख चौधरीले बताएकी छिन। समाज देश र बिदेशमा समेत राम्रो छबि बनाएको जनउत्थान सहकारीले तिलोत्तमाको शान राखेको बताउदै उपप्रमुख चौधरीले आगामी दिनमा अझ प्रगतिको कामना समेत गरेकी छिन। 


सो अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले सहकारीले देखाएको बाटो र कार्यविधि र कानुनमा रहेर काम गरे , ठगीने र ठग्ने  खेल बन्द हुने बताए। सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जनउत्थान सहकारी देशको शान भएकोले यसका सदस्यहरु ढुक्क भएर कारोबार गर्न समेत सुझाए। साकोसका संस्थापक अध्यक्ष मेखराज पुन, निबर्तमान अध्यक्ष ज्ञानू पौडेल लगायतले बोल्दै सहकारी शिक्षाले सहकारी प्रतिको बिश्वास अझ बटुलेको र जनताको घरघरमा पुगेको सहकारीले सदस्यको मन जितेको बताएका थिए। कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजन, ओमसतिया गाउपालिकाका उपाध्यक्ष सुनिता चौधरी सिद्धार्थनगर नगरपालिकाका पुर्वमेयर हरि अधिकारी, पुर्व उपमेयर उमा काफ्ले लगायतको उपस्थिति रहेको थियो।   


कार्यक्रमममा बिशिष्ठ सदस्यहरुले सहकारीको जगेडा कोष, एचकेयर, तरलता, बचतकोष, बिमा, सामाजिक कार्य, कर्मचारी र संचालकहरुको बिषयमा अन्तरक्रिया सहितको प्रश्नोत्तर गरेका थिए। सहकारीका उपाध्यक्ष सरु रानाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन सहकारीका सचिव अन्जु जैंसीले गरेकी थिईन।



कमेन्ट गर्नुहोस्