लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

'सोफा हब'को तिलोत्तमाको जानकीनगरमा १०औँ शाखा सञ्चालन, विशेष अफर घोषणा

IMG

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरी अहिले व्यवसायिक रुपमा समेत अगाडी बढेको छ।  यहाँका औधोगिक हब सगै हुलास, टाटा, मार्बल ग्रेनाईइट लगायतका दर्जनौ उद्योग हरु भित्रिरहेका बेला ‘सोफा हब काठमाडौँ’ले रुपन्देहीको तिलोत्तमाको जानकीनगरमा १०औँ शाखा सञ्चालनमा ल्याएको छ । 


श्रावण १ गते आफ्नो पाँचौं वार्षिकोत्सव मनाउँदै गरेको सोफा हबले सोही अवसर पारेर बुटवल भैरहवाका ग्राहकलाई मध्येनजर गर्दै तिलोत्तमाको जानकीनगरमा १०औँ शाखा सञ्चालनमा ल्याएको हो ।उद्घाटन समारोहसँगै कम्पनीले सम्पूर्ण शाखाका ग्राहकका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। सो योजना अनुसार तिलोत्तमाको जानकीनगर शाखाबाट खरिद गर्ने ग्राहकलाई निःशुल्क डेलिभरी, सोफा किन्दा १० देखि १५ वर्षको वारेन्टी साथै रु. ५,००० देखि २०,००० सम्मको छुट प्रदान गर्ने कम्पनीका प्रोप्राइटर तारालाल धरेलले जानकारी दिए । 


उनका अनुसार ‘सोफा हब काठमाडौँ’ ले हालसम्म काठमाडौँको गोठाटार हाइट, कलंकी (मालपोत कार्यालय नजिकको सानिमा बैंक भवन), सामाखुसी (रेडोन कलेज नजिक कोइराला मार्ट), चितवनको लंकुमा दुइ सोरुम र फ्याक्ट्री सहित २ ठाउँमा, पोखराको मालेपाटन गणतन्त्र चोकमा, नेपालगन्जको राझामा, बिर्तामोडको एनएमसी बिल्डिङमा, धनगढी अत्तरियाको लोटस गल्लीमा र तिलोत्तमाको जानकीनगरमा गरी जम्मा १० वटा शाखा सञ्चालनमा ल्याएको छ।उनका अनुसार श्रावणको पहिलो हप्ताभरि जुनसुकै शाखाबाट रु. ३५,००० भन्दा माथिको सोफा खरिद गर्ने ग्राहकलाई १५ प्रतिशत छुट दिइनेछ। साथै, गोठाटार शाखाबाट खरिद गर्ने ग्राहकलाई स्मार्ट वाच उपहारमा दिइने व्यवस्था पनि गरिएको छ।कम्पनीले  भरपर्दो, गुणस्तरीय र सस्तो सोफा उपलब्ध गराउँदै आएको सोफा हबको भनाइ छ ।

कमेन्ट गर्नुहोस्