लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनचाँदीको भाउ सामान्य बढ्यो

IMG

काठमाण्डौ – आज सुनचाँदीको भाउ सामान्य बढेकाे छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको  छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर दुई हजार दुई सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ६५ रुपैयाँ कायम भएको थियो ।  

कमेन्ट गर्नुहोस्