लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

८ लाख बराबरको बिभिन्न अबैध सामान प्रहरीको नियन्त्रणमा

IMG

अञ्चलपुर। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले असार ७ र ०८ गते जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार तथा राजश्व छली चोरी पैठारी गर्दै गरेको करिब ८,०१,८५० रुपैया बरावरको सामान बरामद गरेको छ।


प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले असार ७ र ८ गते जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अञ्चलपुरबाट जिल्लाको रोहिणी गाउँपालिका वडा नं.३ बस्ने बर्ष २७ जो अजित अग्रहरीले  चलाएको लु ६६ प ४९०५ नं. को मोटरसाइकलमा कस्मेटिक सामानहरु र गैडहवा गाउपालिका वडा नं. ६ गुलरिया चोकबाट कोटहिमाई गाउपालिका वडा नं.४ बस्ने बर्ष १९ को गोलु खानले चलाएको लु ४४ प ४०४८ नं. को मोटरसाईकलमा अबैध ५२ वटा बोईलर कुखुरा र मोटरसाइकल गरी करिब ३,३१,८९०रुपैया बराबरको सामान र मानिसहरु समेत बरामद गरी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया तथा पशु क्वारेन्टाईन कार्यालय वेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ।


यस्तै इलाका प्रहरी कार्यालय मझगावाँ रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही मायादेबी आइतवार गाउँपालिका वडा नं. ६ सानो दुर्गौलियाबाट लेडिज सुट ९ पिस, साडी २४ पिस  विभिन्न थानको कपडाहरु करिब १४० मिटर ,तुल्सी चियापत्ती १५ पोका, खुर्सानी (डेगी मिर्च) ५५ प्याकेट, धाराको टुटी ५० वटा गरी करिब ४५,९६०रुपैया बराबरको सामानहरु बरामद गरेको छ।इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शनिवार लुम्बिनि सांस्कृतिक नगरपालिका वडा नं. ६ महजिदियामाबाट करिब ९,००० रुपैया बराबरको ९ बोरा युरिया मल बरामद गरेको छ । यस्तै इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शनिवार रोहिणी गाउँपालिका वडा नं. ३ कदमहवाबाट लु ६ प ३२११ नं. को मोटरसाइकलमा ८ पेटी टायल र मोटरसाइकल सहित करिब ५४,००० रुपैया बराबरको सामान बरामद गरेको छ।


यसैगरी इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शनिवार कञ्चन गाँउपालिका वडा नं. ०२ कञ्चन पुलबाट लु.२ प ८७०३ नं.को मोटरसाइकलमा ल्याउंदै गरेको करिब ८०,००० रुपैया बराबरको ५० पिस ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको हो।इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ बाइपासबाट लेडिज कुर्ता सुरुवाल १६ थान, लेडिज टप्स १३९ थान, थ्री पिस सेट ३४ सेट र लेङ्गा चिनरी १ थान कपडाहरु गरी करिब १,१५,००० रुपैया बराबरको कपडाहरु बरामद गरेको छ।


वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले हिजो सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बाट भारत देश उत्तर प्रदेश राज्य मुजफ्फर नगर सिटी, मुजफ्फरनगर बस्ने बर्ष ३३ को मो. गुलसन वारको साथबाट apple series-9 watch र apple airpods pro wireless फेला पारी करिब १,१२,००० रुपैया बराबर सामान बरामद गरेको छ ।यस्तै प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनि सांस्कृतिक नगरपालिका वडा नं. १ भगवानपुरबाट लु ३४ प ५२३० न.को मोटरसाईकलमा ल्याउँदै गरेको मोटरसाइकल सहित करिब ५४,०००रुपैया बराबरको मल ४ बोरा युरिया बरामद गरेको छ।

कमेन्ट गर्नुहोस्