
बुटवल। लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(लुस्कून) को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा रुपन्देहीको बुटवलमा एकदिने ’साकोसमा महिला सशक्तिकरण’ सम्बन्धी तालिम सम्पन्न भएको छ ।तालिमको सहजीकरण नेफ्स्कूनकी सञ्चालक ज्ञानु पौड्यालले गर्नुभएको थियो । सो अवसरमा बोल्दै सञ्चालक पौड्यालले महिला सशक्तिकरणका लागि सर्वप्रथम महिलामा सचेतना जरुरी रहेको बताउनुभयो । उहाँले महिलाहरु उपस्थितिमा मात्र सीमित नभइ निर्णायक तहमा सहभागीता बढाउनुपर्नेमा जोड दिनुभयो ।
पौड्यालले महिलाविरुद्ध हुने सबैप्रकारका विभेद र हिंसाको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले महिलाको हकअधिकारको सुरक्षा र प्रवद्र्धनको लागि राज्यद्वारा प्रदत्त अधिकार प्राप्तीका लागि अब हरेक महिला जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।सहकारी क्षेत्र र निर्णायक तहमा अब महिलाको सहभागीता ५० प्रतिशत पुर्याउन पहल गर्नुपर्ने समय आएको उहाँको भनाइ थियो ।लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपालको अध्यक्षता तथा शिक्षा उपसमिति संयोजक निर्मला अधिकारीको सञ्चालनमा भएको उक्त तालिम कार्यक्रममा प्रोस्कूनका महासचिव बसन्त प्रसाद ढकाल, कोषाध्यक्ष प्रेम गुरुङ, सञ्चालक निर्मला अधिकारी र उमा पोखरेलको उपस्थिति थियो ।
महासचिव बसन्त ढकालले स्वागतमा भएको तालिमको व्यवस्थापक तारा अर्यालले तालिमको व्यवस्थापन गर्नुभएको थियो ।तालिममा रुपन्देहीबाट ३२, पश्चिम नवलपरासीबाट ८, कपिलवस्तुबाट ३, दाङबाट २, गुल्मीबाट १ र बाँकेबाट १ गरी ४७ जना साकोसका महिला सञ्चालकहरुको सहभागीता थियो ।
कमेन्ट गर्नुहोस्