
बुटवल। जिल्ला सहकारी सङ्घ र राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा नियामकीय निर्देशन , संशोधित सहकारी ऐन र मापदण्ड कार्यान्वयन सम्बन्धी तालीम बुटवलमा सम्पन्न भएको छ। जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक बुटवलका समन्वय समितिका संयोजक भीमप्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाभरका सहकारी संस्थाहरूबाट १ सय १३ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको विषयमाथि सहजीकरण राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश शाखा प्रमुख नारायण बेलबासेले गर्नुभएको थियो। सहजीकरण सहित अन्तरक्रियामा विशेषगरी सहकारी अभियानको विद्यमान अवस्थामा जारी गरिएका ऐन र मापदण्डहरूलाई कसरी कार्यन्वयन गर्ने र कार्यान्वयनमा देखिन सक्ने जटिलताहरू र यसका सबल पक्षहरूमा समेत छलफल भएको थियो। वर्तमान परिपेक्षमा यी विषयहरु जल्दोबल्दो रहेको र यसलाई व्यापक रुपमा सहकारी अभियान भित्र कार्यान्वयन प्रक्रिया लगायतका बिषयमा छलफल गर्नुपर्ने भएकोले संघले आगामी दिनमा यस प्रकारका कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्ने सहभागीहरूबाट पृष्ठपोषण प्राप्त भएको थियो ।
जिज्ञासाहरूलाई आफ्नो सम्बोधनमा अध्यक्षले सहकारीका मूल्य मान्यताहरू भित्र रहेर आधारभूत रुपमा हामीले सञ्चालन गरेका सहकारी संघ संस्थाहरूलाई सही ढंगले परिचालन गर्न र सोही अनुसारले सदस्यहरुलाई पनि विषयवस्तु बारे जानकारी गराउँदै शिक्षा तालीम सहित सञ्चालन गर्न सकिएमा सहकारी अभियानलाई कुनै पनि सक्रिय नियामक निकायको आवश्यकता नपर्ने बताउनु भएको थियो । वहाँले मन्तव्य मार्फत वर्तमान ऐन, नियम र मापदण्डहरूमा देखिएका जटिलताहरूलाई सरकारले अभियानलाई एक्लै छोडेर लागू गर्न नसक्ने हुँदा सहकारी क्षेत्रको समग्र विकासको निम्ति सरकारले पनि अभियान सँग-सँगै हातेमालो गर्नुपर्ने मन्तव्य राख्नु हुँदै संघका यी विषयहरूमा आगामी दिनमा पनि कार्यक्रमहरू रहेकाले यसैगरी उत्साहजनक सहभागिताको संघले अपेक्षा गरेको बताउँदै तालिम कार्यक्रमको सहजीकरण गर्ने सहजकर्ता र सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा सङ्घका सञ्चालक प्रमोद खनाल, सल्लाहकार लालकाजी राजभण्डारी, सहकारी बैंकका समन्वय समिति सदस्य तथा संघका सल्लाहकार गोविन्द खनाल, शिक्षा तालिम उप-समितिका सदस्य नगेन्द्रप्रसाद पाण्डे, चन्द्रकान्त भण्डारी र सरु रानाको पनि उपस्थिति थियो। सहभागीकै रूपमा जिल्ला बहुउद्देशीय सहकारी सङ्घका सचिव यादव कोइराला र सुद्धोधन गाउँपालिका सहकारी सञ्जालका संयोजक लेखबहादुर खत्री समेत उपस्थित हुनुहुन्थ्यो। सहभागीको तर्फबाट तालीम सत्रको कार्यक्रम संयोजन कमला भण्डारी, प्रतिवेदक राजबहादुर थापा र कार्यक्रमको मूल्याङ्कनकर्ता रमा न्यौपाने चयन गरि कार्यक्रमको अन्तिममा सम्पुर्ण सहभागीहरुको तर्फबाट वहाँहरुले बेग्लाबेग्लै प्रतिवेदन प्रस्तुत गर्दै यस प्रकारका कार्यक्रमले जिल्ला सङ्घको गरिमालाई बढाएको र सहकारीको जल्दोबल्दो विषयमा कार्यक्रम राखेकोमा संघलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रमको व्यवस्थापन जिल्ला सहकारी सङ्घका व्यवस्थापक लक्ष्मी ज्ञवाली, कर्मचारी भुपराज भट्टराई साथै राष्ट्रिय सहकारी बैंकका बुटवल, मणिग्राम र भैरहवा शाखाका व्यवस्थापक तथा कर्मचारीहरूको संयोजन समेत रहेको थियो। कार्यक्रम सफल पार्न आ-आफ्नो ठाउँबाट उल्लेख्य भूमिका निर्वाह गर्नु हुने सबैप्रति संघले धन्यवाद ज्ञापन समेत गरेको थियो।कार्यक्रममा उपस्थिति सबैलाई राष्ट्रिय सहकारी बैंक बुटवल शाखाका प्रमुख संगीता धितालले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन जिल्ला सहकारी सङ्घका सञ्चालक समिति सदस्य तथा शिक्षा तथा तालिम उप-समितिका संयोजक गंगालाल सापकोटाले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्