लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डेडिकेटेड ट्रङ्कलाइन बक्यौता रहेका उद्योगीलाई पुनरावेदनमा आउन प्राधिकरणको आग्रह

IMG

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन बक्यौता रहेका उद्योगीहरूलाई जेठ मसान्तभित्र प्रशासकीय पुनरावेदनमा आउन आग्रह गरेको छ।प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा विद्युत सेवा लिएका तर बक्यौता रहेका ग्राहकले बिल रकमको ५ प्रतिशत बराबरको नगद वा त्यति नै मूल्य बराबरको एक वर्षे ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटीका रूपमा बुझाएर पुनरावेदन गर्न सक्ने व्यवस्था गरिएको छ ।


सञ्चालक समितिको निर्णयपछि धरौटीको प्रतिशत ५ मा झारेर पुनरावेदन प्रक्रिया सहज बनाइएको प्राधिकरणले जनाएको छ । डेडिकेटेड र ट्रङ्कलाइनको विषयमा उद्योगी र प्राधिकरणबीच लामो समयदेखि विवाद छ ।



कमेन्ट गर्नुहोस्