लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हप्ताको पहिलो दिन नेप्सेसँगै कारोबार रकम घट्यो

IMG

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव ३९ विन्दुमा झरेको छ ।आज बैंक, विकास बैंक, होटल, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै डेढ प्रतिशतले ओरालो लागेको छ ।


आज विन नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बुधवार ९ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका २ करोड १९ लाख कित्ता शेयर ९ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ ।

कमेन्ट गर्नुहोस्