लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनको भाउ एकैदिन एक हजार तीन सय रुपैयाँले बढ्यो

IMG

काठमाण्डौ – सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार तीन सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


हिजो सुनकाे भाउ तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ ।यस्तै आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ ३० रुपैयाँले बढेर तोलाको दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ९० रुपैयाँ रहेको थियो ।

कमेन्ट गर्नुहोस्