लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हौशला सहकारीका सदस्यलाई सहकारी शिक्षा तालिम

IMG

तिलोत्तमा । हौसला बचत तथा ऋण सहकारी सँस्था तिलोत्तमा ८ रुपन्देहीले आयोजना गरेको २ दिवसिय सहकारी शिक्षा तालिम बिहिबार सम्पन्न भएको छ । बुधबार र बिहिबार गरि २ दिनसम्म चरणवद्ध आधारभुत सहकारी शिक्षा तथा बित्तीय साक्षरता तालिम प्रदान गरिएको सँस्थाका ब्यवस्थापक तेज प्रसाद भट्टराईले बताउनुभयोे । करीब ४ सय जना सदस्यहरुले सहकारीको मुल्य मान्यता तथा मर्म, सहकारीको शुरुवात, उद्धेश्य तथा नेपालमा सहकारीको शुरुवात लगायतका विभिन्न विषयमा तालिम लिएको सँस्थाका सचिव ईश्वरी न्यौपानेले जानकारी दिनुभयो । 


बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख तथा मुख्य प्रशिक्षक गुणाखर खनालले २ दिनसम्म आयोजना गरिएको तालिमबाट सहभागीहरुले धेरै कुरा सिक्ने मौका पाएको बताउनुभयो ।समापन कार्यक्रममा हौशला साकोसका अध्यक्ष मथुरा भण्डारी, सहकारीका सँस्थापक अध्यक्ष तथा सल्लाहकार खेमप्रसाद गौतम,, पुर्व अध्यक्ष तथा सल्लाहकार गोविन्द गौतम, उपाध्यक्ष तथा सहकारी शिक्षा सँयोजक लक्ष्मी गौतम, लेखा सँयोजक मणिराज र्गैहे, लगायतको सहभागिाता रहेको थियो ।

कमेन्ट गर्नुहोस्