
तिलोत्तमा।महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर परिक्षण गर्ने उद्दश्यले “नि–शुल्क स्वास्थ्य शिविर” सम्पन्न भएको छ। टुंगा आस्था बिकास साकोसको महिला तथा बालवालिका विकास उपसमितिको संयोजन र क्रिमसन हस्पिटल प्रा.लि. तिलोत्तमा–५ मणिग्रामको प्राविधिक सहयोगमा ११५औ अर्न्तराष्ट्रिय नारी दिवसको अवसरमा तिलोत्तमा-१५, कोटिहवा लखन थापा मगर सामुदायिक भवनमा सो शिविर सम्पन्न भएको हो। स्वास्थ्य शिविरमा करिब २ सय जनाको उपस्थिति रहेकोमा १ सय २२ जना महिलाहरुले स्वास्थ्य शिविरको लाभ लिनु भएको थियो ।
महिला तथा बालबालिका विकास उपसमिति संयोजक शसिकला गुरुङ,तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ का वडा सदस्य क्षितिजा पौडेल,संस्थाका उपाध्यक्ष परसुराम बास्तोला, सल्लाहकार जित बहादुर रासकोटी लगायतले बोल्नुभएको थियो । उपसमिति सदस्य सिता के.सी.को स्वागत सचीव गोकुल पोखरेलको संचालनमा सम्पन्न भएको थियो । शिविरमा प्रसुती तथा स्त्री विशेषज्ञ डा. राजिब शाह, डा. रक्षा पाण्डे र क्रिमसन हस्पिटल, मणिग्रामका प्राबिधिकहरुको उपस्थिति रहेको संस्थाका व्यवस्थापक लक्ष्मण काउचाले जानकारी दिनु भएको थियो।
स्थानीय बासिन्दा, स्वयंसेवक तथा सहकारी संस्थाको सहकार्यमा सम्पन्न भएको यस शिविरले समुदायमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच बढाउने महत्वपूर्ण योगदान दिएको सहकारीका प्रवन्धक लक्ष्मण काउचाले बताएका छन्। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।टुगा आस्था विकास सहकारी संस्था लिमिटेड रूपन्देही जिल्लाको एक प्रतिष्ठित सहकारी संस्था हो। ७००७ जना शेयर सदस्यहरू रहेको यस सहकारीको केन्द्रीय कार्यालय ओमसतिया–१, ठुटीपीपलमा अवस्थित छ।
वित्तीय सशक्तीकरण, उद्यमशीलता प्रवद्र्धन, महिला सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिँदै आएको यस सहकारीले विभिन्न वित्तीय तथा सामाजिक सेवा प्रदान गर्दै आएको छ। सहकारीले नियमित रूपमा सामाजिक कल्याणकारी कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ, जसअन्तर्गत स्वास्थ्य शिविर, वित्तीय साक्षरता तालिम, उद्यमशीलता प्रवद्र्धन कार्यक्रम तथा अन्य सेवा–सुविधाहरू प्रदान गरिरहेका छन्।समुदायको समग्र आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउने लक्ष्यसहित अगाडि बढिरहेको टुगा आस्था विकास सहकारीले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।
कमेन्ट गर्नुहोस्