लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

११५ औं महिला दिवसमा महिला सशक्तीकरण तथा उत्प्रेणात्मक तालिम

IMG

तिलोत्तमा।जिल्ला सहकारी संघ लिमिटेड, रुपन्देहीको आयोजनामा आज भएको ११५ औं अन्तरास्ट्रिय श्रमिक  महिला दिवसको अवसरमा महिला सशक्तीकरण  तथा उत्प्रेणात्मक एक दिने  तालिम शुक्रबार  बुटवलमा सम्पन्न भएको छ।जिल्ला सहकारी संघ रुपन्देहीका संचालक तथा शिक्षा तालिम  संयोजक   गंगालाल सापकोटाको  अध्यक्षता एवम्  नेफ्स्कुन संचालक सदस्य ज्ञानु पौड्याल र  राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समितिको संयोजक एवम् जिल्ला सहकारी संघ रुपन्देहीको अध्यक्ष भिम तुलाचनको आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै महिला दिदिबहिनीलाई सशक्तीकरण गराउन र नेतृत्व सशक्त गराउन यो तालिमले प्रभावकारी भुमिका खेल्ने बताउनुभएको थियो।


कार्यक्रममा  जिल्ला सहकारी संघ रुपन्देहीका संचालक तथा महिला उपसमिति  संयोजक मिना कार्की , संचालक हुमा कान्ति भुर्तेल ,लेखा समिति सदस्य सीता न्यौपाने ,  व्यवस्थापक लक्ष्मी ज्ञवाली घिमिरे लगायतले तालिम नेतृत्वमा रहनु भएका सहभागी सबैको लागि प्रभावकारी  रहने   र आत्मनिर्भरतालाई जोड्दै उद्यमसंग जोडिन सबैलाई आग्रह गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा प्रशिक्षक तथा अधिवक्ता सुस्मा पौडेलले  उपस्थित सहभागीहरुलाई सहजकर्ताको भूमिका निभाउदै सशक्तीकरण तथा उत्प्रेणात्मक   तालिम दिनुभएको थियो। संचालक सदस्य तथा महिला उपसमिति  संयोजक मिना कार्कीको  स्वागतमा शुरु भएको कार्यक्रमको संचालन शिक्षा उपसमिति सदस्य सरु रानाले गर्नुभएको थियो। रुपन्देही जिल्ला भरिका ३० वटा  सहकारी को  ५४ जना सहभागिता रहेको महिला उपसमिति संयोजक मिना कार्कीले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्